प्रचण्ड कप भलिबल २७ गतेबाट

पोखरा ।
नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा हुने प्रतियोगिता जेठ २७ देखि ३१ सम्म पोखरा रंगशाला स्थित बहुउद्देश्यि कभर्ड हलमा सञ्चालन हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रतियोगितामा राष्ट्रिय स्तरका ६ प्रमुख महिला टिमको सहभागिता रहने अखिल नेपाल खेलकुद महासंघ अध्यक्ष शिव कोइरालाले जानकारी दिए । नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने अध्यक्ष कोइरालाले बताए ।
प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ ।
सहभागी टिमले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष कोइरालाले बताए । ‘भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको सन्दर्भमा हामीले यसको विकास र व्यावसायिक उचाइमा पुर्याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं,’ उनले भने, ‘यो प्रतियोगिता महिला भलिबल खेलाडीको क्षमताको पहिचान र प्रवद्र्धनमा एक कोसेढुंगा बन्ने विश्वास लिएका छौं ।’
उनले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने उल्लेख गरे ।







१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
हिलसाइडमा दिवसीय वार्षिक खेलकुद
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया