
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित सेकुङ ताल र भुतर्र्छो तालमा १० हजार माछाका भुरा छाडिएको छ । मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनको आर्थिक सहयोग तथा ढुवानी व्यवस्थापनमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सीएमसी) ले शनिबार सेकुङ र भुतर्र्छो तालमा कमन कार्प जातका माछाका भुरा छाडेको हो ।
पूर्व संघीय सांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले सेकुङ र भुतर्र्छो तालमा १० हजार माछाका भुरा छाडेका हुन् । नाकुम संरक्षण व्यवस्थापन समितिका सदस्य मनप्रसाद गौचनले यो जानकारी दिए ।
‘यसअघि पनि पूर्व संघीय सांसदज्यूले यहाँका दुई तालमा माछाका भुरा ल्याएर छाड्ने गर्नुभएको थियो । हामी संरक्षण व्यवस्थापन समितिसँग समन्वय गरी तालमा माछा छाड्ने काममा सहयोग गर्नुहुन्थ्यो । यस वर्ष पनि उनको विगतकै कार्यक्रमअनुसार हामीले तालमा माछाका भुरा छाडेका हौँ,’ उनले भने ।
समुद्री सतहबाट झन्डै तीन हजार मिटर उचाइमा अवस्थित थासाङ गाउँपालिका–२ मा रहेको सेकुङ तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको नाकुम संरक्षण व्यवस्थापन समिति (सीएमसी) ले उल्लेख गरेको छ । सेकुङ र भुतर्र्छो तालमा माछाको प्रवद्र्धन र विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन माछापालन गरिएको समितिका अर्का सदस्य गोविन्द शेरचनले जानकारी दिए ।
‘यहाँका सेकुङ र भुतर्र्छो ताललाई माछा हब बनाउने र पर्यटकहरूलाई आकर्षित गर्न फिस हन्टिङको व्यवस्था मिलाउने तयारी गरिएको छ,’ समिति सदस्य शेरचनले भने । उच्च स्थानमा अवस्थित यी तालहरूमा उपयुक्त हावापानी भएकाले माछापालनलाई पहिलो प्राथमिकतामा राखिएको र यसबाट समितिले आर्थिक आम्दानी गर्न सकिने उनको भनाइ छ ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम मुख्य राजमार्गबाट पश्चिमतर्फ उकालो लागेमा सवारी साधनमार्फत १५ मिनेटमा यी तालहरूमा पुग्न सकिन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका यी दुई तालहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् । थासाङका सेकुङ र भुतर्र्छो तालको आवश्यक संरक्षण, प्रचार–प्रसार, समुचित व्यवस्थापन र स्तरोन्नति गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।
सेकुङ तालको पानीको सतह वृद्धि गर्नुपर्ने र आवश्यक सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ । थासाङ र सेकुङ तालमा बर्सेनि स्थानीयहरूले प्रकृति पूजा गर्ने प्रचलन छ । मुख्य राजमार्गबाट सेकुङ ताल हुँदै भुतर्र्छो तालसम्म कच्ची सडक विस्तार भएको छ । तर, तालसम्म पुग्ने सडक जीर्ण हुँदै गएकाले आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएको छ ।
सेकुङ ताल र भुतर्र्छो तालबाट नीलगिरी र धौलागिरी हिमाल मनमोहक देखिन्छन् । सल्ला र धूपीको घना जंगलमा अवस्थित यी तालहरू पर्यटक आकर्षणको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका छन् । ताल आसपासका खर्कमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुंगीको बासस्थान रहेको छ । ताल नजिकै चौँरी खर्क छ । तालमा पिकनिक खाने र सुटिङ स्पोर्टको सम्भावना पनि छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया