अमरसिंह माविमा भवन शिलान्यास

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माण थालिएको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले यसको शिलान्यास गरेका हुन् ।
वडाध्यक्ष बास्तोलाले अमरसिंह स्कुल क्षेत्रको ऐतिहासिक तथा शैक्षिक दृष्टिले अग्रणी शैक्षिक संस्था भएकाले यसको भौतिक पूर्वाधार सुधार अत्यावश्यक रहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्न भौतिक संरचना सुदृढ हुनु आवश्यक छ ।’
कार्यक्रममा समावेशी शिक्षा प्रमुख उपमहानिर्देशक हरिप्रसाद निरौला, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ आचार्य, शिक्षा माहाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको सहभागिता थियो ।
नयाँ गेट र भवन निर्माणपछि शैक्षिक वातावरण थप सुधार हुने र विद्यार्थीको मनोबल बढ्ने विश्वास गरिएको छ । गेट निर्माणले विद्यालयको पहिचानलाई सुदृढ हुने शिक्षण सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । वडाध्यक्ष बास्तोलाले आगामी दिनमा पनि वडा भित्रका अन्य विद्यालयमा समेत पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पहल निरन्तर गरिने प्रतिबद्धता जनाए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया