२४ देशका सैनिकलाई वारफायर तालिम

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित कैसाङमा रहेको सैनिक उच्च शिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् ।
मुस्ताङमा बर्सेनि हाई अल्टिच्युड तथा माउन्टेन वारफायर सम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको छ । मुस्ताङमा हाइ अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जंगी अड्डाले २०३२ मा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो ।
यहाँ विभिन्न राष्ट्रका करिब ७ हजार जनाले आधारभूत तालिम प्राप्त गरिसकेको र २ हजार ५ सय जनाले हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम लिएको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहरण गरिसकेका छन् । तीमध्ये २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन् ।
मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ । नेपाली सेनाले बर्सेनि यस प्रकारको आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । जोमसोमस्थित कालीगण्डकी नदीमा बन्दोबस्तीका सामान प्रयोग गरी शिक्षार्थीलाई रिभर क्रसिङका विभिन्न विधाको अभ्यास गराइएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया