चिसापानी–देउराली–बानीडाँडा सडक कालोपत्र हुँदै
समाधान संवाददाता
२०८२ जेठ २९ गते १२:५८

पर्वत ।
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो ।
सङ्घीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया