बजेट प्रतिक्रिया
सुझाव सुनिएन : पञ्चराम गुरुङ

पञ्चराम गुरुङ
पूर्वसामाजिक मन्त्री
यो देशका पुराना पार्टीहरु, अनुभवी पार्टीहरू भनेर चाहिँ घमण्ड गर्ने दुई ठूला दल मिल्दै गर्दा पनि देशमा जुन निराशा छाइरहेको छ अहिलेसम्म, ती निराशालाई आशामा बदल्छ र अहिलेको बजेट पक्कै पनि एउटा देशको भविष्य निर्माणको निमित्त प्रमुख रोल खेल्ने गरी बजेट ल्याउछ जस्तो लागेको थियो ।
तर त्यो आशा र अपेक्षा अनुसारको यो बजट आएको छ जस्तो मलाई लाग्दैन । यसले एउटा कर्मकाण्ड पूरा गर्ने काम गरेको जस्तो मैले देखेको छु । किनभने हामीले सोचेका थियौँ पक्कै पनि एउटा गुरुयोजनाको आधारमा बजेट ल्याउनका लागि त्यसरी नै सुझाव दिएका थियौं ।
योजना बैंक अन्तर्गत नै हामीले काम गर्नुपर्छ तर टुक्रे बजेट वा वितरणमुखी बजेट चुनावी भोटिङ बजेट जस्तो गर्नु हुँदैन केही फरक भएर गर्नुपर्छ । निकास दिनका लागि हामीले नै प्रयास गरेर जानुपर्छ भनेर हामीले सुझाव दिएका थियौँ । तर ती सुझाव एउटा कानले सुन्ने अर्को कानले उडाउने जस्तो भएको छ ।
विशेष गरी बजेटमा पूर्वाधार तयार पार्ने र देशलाई अग्रगमनतिर लैजान बजेटले प्रमुख भूमिका खेलेको हुन्छ । तर,सधैं मागेको बजेटले विकासका काम गर्दा धेरै समस्या आउन सक्छ । त्यसैले प्रदेशले पनि राजस्व वृद्धि र आम्दानीका स्रोतका लागि छुट्टै किसिमको मास्टरप्लान बनाएर जानुपर्छ भनेर सुझाव दिएका थियौं । तर, ती कुरा बजेटमा देखिएन ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया