पोखरा २७ मा ब्याडमिन्टन

पोखरा ।
पोखरा महानगरपालिका–२७, कास्कीमा आयोजित वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ‘सभ्य समाजको निर्माण, राइजिङ स्टार युथ क्लबको अभियान’ भन्ने मूल नाराका साथ रिठेपानी ब्याडमिन्टन क्लबको आयोजनामा दुईदिवसीय रूपमा सञ्चालित ब्याडमिन्टन प्रतियोगिता ५० वर्षमाथि उमेर समूह र ५० वर्षमुनि उमेर समूह गरी दुई छुट्टाछुट्टै समूहमा खेलाइएको थियो ।
एक विशेष कार्यक्रममार्फत गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले भलिबल खेल मैदानको उदघाटन गर्नुका साथै वडाध्यक्ष कप ब्याडमिन्टन खेल २०८२ को उद्घाटन गरेका थिए ।
प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दै वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले खेलले शारीरिक व्यायाम, अनुशासन र सकारात्मक सोच विकासको आधार प्रदान गर्ने बताए ।
रिठेपानी ब्याडमिन्टन क्लबका अध्यक्ष चिजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राइजिङ स्टार युथ क्लबका अध्यक्ष यमप्रसाद गुरुङ, ब्याडमिन्टन क्लबका सल्लाहकार भूतपूर्व कर्णेल प्रयागराज भण्डारीलगायतले बोलेका थिए ।
प्रतियोगितामा ‘सी’ लेभल ५० वर्षमुनि उमेर समूहतर्फ बेलचन्द्र गुरुङ र राजन भण्डारीको समूह प्रथम, अमन घले र प्रकाश अधिकारीको समूह द्वितीय तथा अनिल विक, टोलबहादुर थापा, टेक बहादुर ठाडा र नारायण श्रेष्ठको समूहले तृतीय स्थान हासिल गरे ।
यसैगरी, ५० वर्षमाथि उमेर समूहतर्फ विष्णु अधिकारी र हरि बुढाथोकीको समूह प्रथम, भक्त पुन र नरबहादुर पुनको समूह द्वितीय तथा भीम गुरुङ र तेज्यू गुरुङ तथा चिजा गुरुङ र चित्र थापाको समूहले तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा ‘सी’ लेभल ५० वर्षमुनि उमेर समूहतर्फका विजेताले क्रमशः पच्चीस हजार, पन्ध्र हजार र सात–सात हजार तथा ५० वर्षमाथि उमेर समूहतर्फका विजेताले क्रमशः बीस हजार, दस हजार र पाँच–पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया