इन्द्रराज्य उच्च माविमा १० हजार लिटरकाे खानेपानी टंकी

समाधान संवाददाता, पाेखरा
लायन्स क्लब अफ पोखरा अञ्जुली र लायन्स क्लब पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा इन्द्रराज्य लक्ष्मी उच्च मावि लामाचौरा पोखरा १६ मा १० हजार लिटरको खानेपानी टंकी शिलान्यास भएको छ । यसका लागि केन्ड्रोन स्टेट माध्यामिक विद्यालय अस्ट्रेलियाले सहयोग गरेको छ ।
अस्ट्रेलियाबाट आएका १७ विद्यार्थीले ४ दिन खानेपानी टंकी निर्माणमा श्रमदान गर्ने छन् । विद्यार्थीलाई स्वागत गर्दै प्रधानाध्यापक केशवप्रसाद अम्गाईले ७ समुद्र पारका विद्यार्थीले आफ्नो विद्यालयमा श्रमदान गरी खानेपानी टंकी निर्माणमा सहयोग गरेका छन् ।
लायन्स अञ्जुली अध्यक्ष कल्पना आचार्यले लायन्स अन्नपूर्णसँग हातेमालो गरी काम गर्ने पाएकोमा खुसी व्यक्त गरिन् । सो अवसरमा परियोजना निर्देशक तथा लायन्स क्लब अन्नपूर्ण सल्लाहकार सोनाम साङ्पोले लायन्स क्लब पोखरा अन्नपूर्णले बिभिन्न लायन्स क्लब संग मिलेर बिभिन्न विद्यालयमा खानेपानी निर्माण कार्य धमाधम भइरहेको बाए । लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी क्लबले बिशुद्ध रुपमा समाज सेवा गर्न लागेको सोको मूल्यांकन आगामी दिनमा हुनेमा विश्वास व्यक्त गरे ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया