कोरला सडकको २ खण्ड अलपत्र

समाधान संवाददाता २०७६ मंसिर १७ गते १५:४०

एसके थकाली
जोमसोम

जाेमसाेम उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बेनी –जोमसोम ÷ जोमसोम कोरला सडक निर्माणको गति सुस्त छ । कोरला सडकको काम सुस्त भईरहदाँ भने उपल्लो र तल्लो खण्डको २ प्याकेजको काम अलपत्र परेको हो ।

करिडोर सडक अन्तर्गत बेनी–जोमसोम ७६ किमी निर्माणधिन सडकको म्याद मंसिर १५ गते सकिएको हो भने जोमसोम–कोरला सडकको पनि तेश्रो पटक थपिने म्याद असारमा सकिदै छ । म्याद सकिदै गर्दा कोवाङ देखि जामसोम १९ किमी र चराङ देखि छोसेर २५ किमी सडकको काम ठप्पै भएको छ । कोशी एण्ड न्यौपाने जेभीले जिम्मा लिएको उक्त सडकको काम ६ महिना अगावै रोकिएको करिडोरले जनाएको छ ।

Advertisement

सुरुआति चरणमा कोशी एण्ड न्यौपानेले तिब्र गतिमा अघि बढाएको भएपनि पछिल्लो अवस्थामा काम रोकिएको हो । मुस्ताङको मार्फा देखि टुकुचे सम्मको दुरीमा ग्राभेल पूरा गरी भुक्तानी लिएको कम्पनीले त्यसपछि काम अघि बढाएको छैन । कम्पनी डुबेकाले अरु निर्माण व्यवसायीलाई बिक्री गरिएको बुझिएको छ । जेभीले कोवाङ देखि जोमसोम खण्ड करिव ६२ करोड र चराङ देखि छोसेर खण्ड करिव २६ करोडमा सम्झौता गरेको थियो । करिडोरका अनुसार साविक कम्पनीले तल्लो खण्डमा ५० प्रतिशत र उपल्लो खण्डमाा ६२ प्रतिशत काम सपन्न गरेको जनाएको छ ।

कोशी एण्ड न्यौपानेकै नाम हटाएर साविक कम्पनीको नाम सप्तकोशी एण्ड जलाधार कन्ट्रक्सन राखिएको प्राजेक्ट म्यानेजर सहदेव गौतमले जानकारी दिए । उनका अनुसार कोशी एण्ड न्यौपानेले थालेका सबै काम अब नया कम्पनीले सुचारु गर्ने बताए । ‘ ठेक्का मोबिलाईजेशन र व्यवस्थापनको प्रक्रिया पुरा गर्दैछौ । कामका लागि उपकरणहरु फिल्डमा पठाउने काम भएको छ । केही स्थानमा कटिङ ,फिलिङको काम सुरु भएको छ ,प्रोजेक्ट म्यानेजर गौतमले भने ।’

Advertisement

हिउँदयाम संगै मुस्ताङमा हिमपात र जाडो अत्यधिक हुने भएकाले चैत्र देखि कामले गति लिने उनले जनाए । मेशिन बाहेक मजदुरले काम गर्ने सक्ने अवस्था नभएको उनको भनाई छ । कालोपत्रेको पूर्ण तैयारीमा रहेको मार्फा ÷ खन्ती सडकमा आगामी दशै अगावै कालोपत्रे गर्ने तयारी भईरहेको म्यानेजर गौतमले उल्लेख गरे । उनका अनुसार कोवाङ–जोमसोम खण्डमा ५ वटा एक्साभेटर,५ टिपर ,ग्रेडर ,रोलर ,पानी ट्याङ्की ,क्रसर ,मिक्चर ,कालोपत्रे प्लान जस्ता उपकरण रहेको र उपल्लो मुस्ताङमा पनि उपकरण पठाईएको जानकारी दिए । उनले सडक म्याद थपिएपछि काम तोकिएको समयमा पूरा हुने बताए ।

तपाईको प्रतिक्रिया