बैदाम तामाङ समाजमा ज्याक

समाधान संवाददाता, पोखरा
बैदाम तामाङ सेवा समाजको ५ औं अधिवेशनले ज्याक तामाङलाई अध्यक्ष चुनेको छ । समाजको आठौं साधारण सभा तथा ५ औं अधिबेशनले पुन तामाङलाई अध्यक्षको जिम्मेवारी दिएको हो । ज्याकको नेतृत्वमा उपाध्यक्ष जयन्ती मोक्तान, सचिव कविता योञ्जन, कोषाध्यक्ष पद्मे लामा, सहसचिव सीतामान तामाङ र सहकोषाध्यक्ष रजनी तामाङ छन् ।
समाजको कार्यसमिति सदस्यमा मोनी तामाङ, बमबहादुर तामाङ, वाङगेल तामाङ, खड्गबहादुर तामाङ छन् । साधारण सभाले सल्लाहकारमा सरस्वती तामाङ, धनबहादुर तामाङ र प्रेम तामाङलाई सर्वसम्मत चयन गरेको कार्यक्रम संयोजक कविता योञ्जनले जानकारी दिइन् ।
अधिबेशन उद्घाटन सभामा नेपाल तामाङ घेदुङ, पोखरा महानगरका अध्यक्ष टेकबहादुर स्याङ्बो तामाङले एकता र संस्कृति संरक्षणमा समाजको भूमिका महत्वपूर्ण हुने बताए । उनले नेपाल तामाङ घेदुङको नीति र विधान अनुरुप समाजलाई अघि बढाउन आग्रह गरे ।
समाजका अध्यक्ष ज्याक तामाङले समूहमा काम गरे मात्रै समाजले सफलता प्राप्त गर्ने बताए । उनले छोटो समयमै समाजले गुम्बा निर्माणको भौतिक पूर्वाधार पूरा गरी पर्यटकीय क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रमा टेवा दिन सफल भएको बताए । कार्यक्रममा पदम लामा, प्रेम तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सन्जय मल्ल लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव डोल्मा लामाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयन्ती मोक्तानले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजले मञ्जुश्री सम्वत सोना ल्होसारको अवसरमा हरेक वर्ष ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा आयोजना गर्दै आएको छ ।
समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा माघ ४ गते गर्ने निर्णय गरेको छ । मिस तामाङ पोखराका प्रतियोगिलाई मंसिर २१ देखि तामाङ धर्म, संस्कृति, भाषा तथा परम्परा लगायत व्यक्तित्व र नेतृत्व विकासको तालिम समाजले प्रदान गरिने उल्लेख गरेको छ ।









‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया