पोखराको बजेट ८ अर्व ३५ करोड

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
उक्त बजेटको खर्चमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन भए पनि जेठ मसान्तसम्म ५५.४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताइन् ।
बजेट प्रस्तुत हुनु अघि आइतबार नै पोखराका मेयर धनराज आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा प्रथामिकता दिइएको थियो ।








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया