बाग्लुङ जीप दुर्घटनाः बेपत्ता कार्कीको शव फेला

समाधान संवाददाता २०७६ मंसिर १८ गते १६:०६

समाधान संवाददाता, काठमाडाैं

बाग्लुङमा मंगलबार भएको जीप दुर्घटनामा परी बेपत्ता भएका ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला परेको छ।

दुर्घटना भएको स्थानभन्दा केही मिटर तल खोलाले बगाएको अवस्थामा बुधबार इस्मा गाउँपालिका ५ का कार्कीको शव फेला परेको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए।

Advertisement

गुल्मीको इस्माबाट मंगलबार बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते र एक जना बेपत्ता भएका थिए। कार्कीको शव भेटिएसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया