पत्रकारमाथि मुख्यमन्त्रीको कटाक्ष
बाटोको योजना नपर्ने र नियुक्ति नपाउनेले बजेटको विरोध गरे

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसँग रिस गर्नेहरुले तथ्यहीन समाचार सम्प्रेषण भइरहेको बताएका छन् ।
पोखरामा मंगलबार भएको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रिम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन देखिन थालेको बएका हुन् । उनले तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा जोड दिए । म मुख्यमन्त्री भएको व्याक्तिगत रुपमा मन नपराउने मान्छे पनि हुनुहोला । गाडी चढेको, सरकारी क्वार्टरमा बसेको, अगाडि–पछाडि २/४ जना पुलिस हिँडेको रिस, डाह, ईष्या गर्ने मेरै परिवार भित्रका मानिसहरु पनि हुनुहोला,’ उनले भने, उहाँहरुले पनि सामाजिक सञ्जालमा केही लेखिदिनुहोला । अनि त्यसैलाई आधार मानेर समाचार लेखियो भने त्यो तथ्यमा आधारित हुन्छ ?’
पत्रकारले मागेको बाटोको योजना नपरेपछि सरकारले ल्याएको बजेट सबै खत्तम भयो भनेर समाचार प्रकाशित गरेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । एउटा बाटोको योजना माग्न आउनुभयो एकजना पत्रकार साथी । योजना पाउनुभएन । पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ । सबै मुख्यमन्त्रीले खायो । भनेर मैले घर बनाउन लगे जसरी न्यूज आइरहेको छ,’ उनले भने, ॅसाथीभाइहरुको योजनाका कुरा, राजनीतिक अपोइन्ट्मेन्टका कुरा हुन्छन् । सबै कुरा पुर्ति गर्न सक्ने अवस्था त रहँदैन । त्यस्तै कोको कहाँ कहाँ के अवस्थामा म सँग रिसाइरहेका हुन्छन् । मलाई थाहा पनि हुँदैन । बुझ्दा पनि बुझिँदैन । अनि एउटा कुरा सामाजिक सञ्जालमा लेखिदिन्छ अनि भोलिपल्ट मिडियामा आउँछ ।’
पत्रकारितामा छाडापन देखिन थालेको भन्दै तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा उनको जोड थियो । प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘स्वतन्त्रता भनेको छाडातन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’
उनले हालै प्रशासनिक खर्च कटौती गर्न बनेको सुझाव समितिको सन्दर्भ उठाउँदै भने, ‘एउटा मिडियाले २० लाख खर्च भयो भनेर लेख्यो । तर २० लाख होइन, त्यो भन्दा आधा पनि खर्च भएको छैन । पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सक्नुहुन्छ नि ।’
उनले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’
उनले चेतावनीका रूपमा भने, ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ । पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ ।’








साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा
स्याङ्जा कांग्रेसद्वारा उम्मेदवार सिफारिस: पूर्वमन्त्री धनराज गुरुङ र खुमा अर्यालको नाम दुवै क्षेत्रबाट
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया