महिला भलिबलमा गण्डकी चौथो

पोखरा । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थान हाँसिल गरेको छ । । हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थानमा रह्यो । गण्डकी पुलिससँग २३–२५, १८–२५ र १८–२५ ले पराजित हुन पुग्यो ।
चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पार्यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् । तेस्रो बनेको पुलिसले १ लाख प्राप्त गर्यो ।
फाइनलमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमन्ड स्पोर्ट्स क्लब च्याम्पियन बन्यो । न्यू डायमन्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ ले जित निकाल्यो । उपाधि जितेको न्यू डायमण्डले नगद ५ लाख हात पार्यो । उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझायो ।
उत्कृष्ट सर्भर पुलिसकी कोपिला राना, उत्कृष्ट लिब्रो न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपिएफकी गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्डकी प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपिएफकी निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिइन । नेपाल स्पोर्ट क्लबको आयोजनामा भएको प्रतियोगितामा ६ टोली सहभागी थिए ।







सम्पादकीय—प्रवासीलाई मताधिकार
मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया