राष्ट्रिय महिला ह्याण्डबल
लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल शनिबार

पोखरा ।
पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे ।
शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३ गोलअन्तरले हरायो । यस्तै एपिएफले मधेश प्रदेशलाई २२–ले हराएको छ । समूह ‘बि’ तर्फ भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलअन्तरले हराएको छ । त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले हराएको छ । समूह ए बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक बटुल्दा दोस्रो भएको गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक हासिल ग¥यो । बागमती ३ खेलमा १ जित २ हारका साथ तेस्रो स्थानमा रहँदा मधेश जितविहीन रह्यो । समूह बि बाट आर्मी ३ खेलमा ३ जितसहित ६ अंकका साथ शिर्षस्थानमा रह्यो । कोशी ३ खेलमा २ जित १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कर्णाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ तेस्रो र लुम्बिनी ३ हारसहित अंकविहीन रहँदै पुछारमा रह्यो ।
शनिबार सेमीफाइनलमा कोशी प्रदेशले एपिएफको र गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ । सेमीफाइनल सकिएपश्चात फाइनल खेल हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्णसिंह बस्नेतले जानकारी दिए ।






सम्पादकीय—प्रवासीलाई मताधिकार
मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया