भारतमा डाक्टरलाई बलात्कारपछि जलाउने चार जनालाई प्रहरीले हान्यो गोली

एजेन्सी
भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ ।
अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो ।
ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो । शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो ।
घटनास्थलमा पुगेपछि ती अभियुक्तले प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा दुई जना प्रहरीहरु पनि घाइते भएको जनाइएको छ ।
गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो ।
घटना के भएको थियो?
हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन् । उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो ।
त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ । रात परिसकेको थियो । नजिकै वर्कसप थिएन । उनी त्यहीँ अड्किएकी थिइन् । प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए । उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो ।
उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन् । भनिन्-म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु । केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो । छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे ।
प्रहरीले खोजी थाल्यो । रातभरि केही पत्ता लागेन । बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए ।
प्रहरी घटनास्थलमा पुग्यो । त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो । घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए ।
प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया