सम्पादकीय—कानुनमै हेरफेर गरिएको ‘कुलिङ पिरियड’

प्रतिनिधि सभाले भर्खरै पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०लाई १५ असारमा पारित गर्यो । उच्चपदस्थ कर्मचारीलाई अवकाशपछिको दुई वर्ष अन्य नियुक्तिमा रोक लगाउने व्यवस्था गरिएका कारण विधेयक चर्चित थियो । त्यही बुँदाले स्वार्थको रस्साकस्सीमा परेको विधेयक संसदमा पुग्न नै सकस परेको थियो । जब प्रतिनिधि सभामा पुग्यो र त्यहाँबाट पारित गरियो, त्यसपछि ‘कुलिङ अफ पिरियड’मा बदमासी, षड्यन्त्र भएको रहस्य खुल्यो ।
राज्यव्यवस्था तथा सुशासन समितिले सबै पदका लागि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति जुटाएको थियो । दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले प्रस्ताव गरेको ’कुलिङ अफ पिरियड’मा समिति सर्वसम्मत भएको थियो । बडू उपसमितिको उक्त प्रस्तावपछि राजनीति र कर्मचारी वृत्तमा ठूलै हल्लाखल्ला मच्यायो ।
बडू उपसमितिको प्रतिवेदनपछि विधेयकको दफा ८२ को उपदफा ४ ले सचिव र सहसचिवका लागि दुई वर्ष अन्यत्र काम गर्न रोक लगाउने व्यवस्था गरेको छ । तर, संसदबाट पारित भएर आउँदा उपदफा ५ को ‘क’ र ‘ख’ बुँदाले उनीहरूका लागि संवैधानिक र राजदूत पद खुला गरेको देखिन्छ । उपदफा ५ को ‘क’ बुँदामा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने’ व्यवस्था छ ।
यो बुँदालाई व्याख्या गर्दा संवैधानिक आयोगहरू र राजदूतसहित मन्त्रिपरिषद्ले नियुक्त गर्ने केही पदमा बाहेक मात्रै कुलिङ अफ पिरियड लागू हुनेछ । त्यसैगरी, ‘ख’ बुँदामा अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रूपमा काम गर्न नपाइने भनेको छ । त्यसको अर्थ सयुक्त राष्ट्र संघका एजेन्सी, विश्व बैंक, एशियाली विकास बैंक लगायतका निकायमा नियुक्ति लिन रोक नलगाएको देखिन्छ ।
अवकाश हुन नपाउँदै राजदूत वा संवैधानिक निकायमा नियुक्ति ग्यारेन्टी गर्ने कर्मचारीले पटकपटक सुविधा लिएका छन् । विधेयकमा कर्मचारीले आफ्ना स्वार्थका धेरै बुँदा घुसाएको आभास मिल्छ । त्यतिमात्र नभएर दुईवर्षे कुलिङ अफ पिरियड नै नागरिकलाई सबैभन्दा ठूलो बुँदा लागेको भान भइरहेको थियो । कर्मचारी एक्लोको हिम्मत पक्कै होइन । त्यसमा राजनीतिक नेतृत्वको संलग्नता र सहयोग छ भन्ने आंशका अस्वाभाविक हुँदैन ।
कर्मचारीको यो हर्कतप्रति नागरिक कतिसम्म आजित भएका छन् भन्नेचाहिँ कुलिङ अफ पिरियडप्रति नागरिकले देखाएको समर्थनले पुष्टि गर्छ । नागरिकमा कर्मचारीप्रति घृणाभाव जगाउने गरी अहिले भएको हर्कतले निराशा मात्र होइन, आक्रोश पनि जन्माइरहेको छ । सार्वभौम संसदको अपमान हो । यस्तो अक्षम हर्कत गर्ने जोकोहीले माफी मागेर उम्किन मिल्दैन । र, यो विषय माफी मागेर टुंगिने विषय पनि होइन, अक्षम अपराध हो । त्यसैले दोषीलाई विभिन्न बहानाबाजीमा उन्मुक्ति होइन, कठघरामा उभ्याइनुपर्छ । त्यसका लागि संसदले तत्काल छानविन समिति बनाएर अघि बढ्नु राम्रो हुन्छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया