शुनपामा खानेपानीलाई २ करोड ९४ लाख

समाधान संवाददाता
दुुलेगौंडा
शुक्लागण्डकी नगरपालिकाले नगरबासीको सहजतालाई खानेपानी योजनामा प्राथमिकता दिएको छ । आधारभूत खानेपानी सेवा पाउन नसकेका वडाबासीलाई मध्यनजर गर्दै हरेक घरमा खानेपानीको व्यवस्था गर्न बजेट विनियोजन गरेको हो। बुधबार बसेको ६१ औं कार्यपालिका बैठकले खानेपानीका लागि २ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
‘खानेपानीका नयाँ योजना, मर्मतसम्भार र लिफ्टिङका लागि बजेट व्यवस्था गरिएको हो,’ उनले थपे, सानासाना योजना हामी आफैं गर्न सक्ने भएकाले रकम विनियोजन गरेका हौं ।’ समथर भूभागबाहेका क्षेत्रमा खानेपानीको जोहो गर्न घन्टौं खर्चनु पर्ने बाध्यता छ । त्यस्ता ठाउँमा बजेट सदुपयोग गर्ने उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले समेत पिउने पानीलाई उच्च प्राथमिकता दिँदै आगामी ५ वर्षभित्र स्वच्छ र शुद्ध पिउने पानी पुर्याउने योजना अघि सारेको छ ।
बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न राजमार्ग सरसफाई गर्ने निर्णय गरेको छ । मंसिर २५ गते शुक्लागण्डकीको कोत्रेदेखि सेरासम्म पृथ्वीराजमार्गमा सरसफाई गर्ने, रुखमा रंगरोगन गरी आर्कषक बनाउने कुमालले बताए ‘जनप्रतिनिधि, यातायात व्यवसायी, आमा समूह, युवा क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत संघ, संस्थाको सहभागितामा राजमार्ग सरसफाई गर्ने निर्णय भएको छ’, उनले भने । यस्तै नगरपालिकाले चालू आर्थिक वर्षमा लक्षित वर्गका लागि विनियोजन गरेको बजेटलाई कार्यान्वयन गर्न विभिन्न सञ्जालले पेस गरेको कार्यक्रमलाई संशोधनसहित स्वीकृत गरेको छ ।









फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया