सागले रंगशाला खचाचख

समाधान संवाददाता
पोखरा
पोखरा रंगशालामा शनिबारमात्र भएका खेल हेर्न ३ हजार ३ सय ३० जनाले टिकट काटेका छन् । पोखरा रंगशालामा खेल आयोजना गरिएको महिला फुटबल, ह्यान्डबल, आर्चरी, क्रिकेट अवलोकन गर्न ३ हजार १ सय जनाले टिकट काटेका छन् । टिकटबाट ३ लाख १० हजार रुपैयाँ आम्दानी भएको छ ।
पोखरा ६ बाराही चोकमा भएको खेल अवलोकनका लागिमात्र २ सय ३० टिकट बिक्री भएकोमा ४६ हजार रुपैयाँ आम्दानी भएको छ ।
टिकट काटे पनि खेल हेर्न नपाएको गुनासो
पोखरा रंगशालामा दर्शकले टिकट लिएपछि पनि खेल अवलोकन गर्न नपाएको गुनासो गरेका छन् । रंगशाला गेट बाहिर शनिबारका लागि प्रयोग हुने सबै टिकट सकिएका थिए । खेल सुरु भएलगतै खेलमैदानमा जान १ नम्बर गेटमा लाम लागेका थिए । भीड अनियन्त्रित हुनसक्ने कारणले १ नम्बर गेट नै बन्द गरियो । दर्शकलाई पोखरा रंगशालाको ३ नम्बर गेटबाट प्रवेश गर्न सूचना दिइयो । सूचना पाएलगतै ३ नम्बर गेटबाट केही दर्शक मैदानतर्फ प्रवेश गर्दै थिए । टिकक हातमा बोकेर रंगशालाको ३ नम्बर गेटमा पुगेका दर्शकलाई प्रहरीले लाठी चार्ज गर्याे । प्रहरीले लाठी चार्ज गरेपछि केही दर्शकले रंगशाला १ नम्बर गेटमा केही समय नाराबाजी गरे । केही दर्शक फर्केपछि मात्र प्रहरीले थोरै दर्शकलाई खेल अवलोकनका लागि प्रवेश गरायो ।
बिक्री टिकटभन्दा दोब्बर दर्शक
पोखरा रंगशालामा अहिले फुटबल मैदान निर्माण कम्पनीले ८ हजारभन्दा बढी दर्शक अट्ने क्षमताको प्यारापिट निर्माण गरेको छ । उक्त प्यारापिटमा टिकट काटेर प्रवेश गरेका ३ हजार १ सय दर्शक पनि अटाएनन् । टिकट काटेर प्रवेश गरेका दर्शकले चौरमा बसेर खेल अवलोकन गरेका छन् ।
साग सुरु हुनुभन्दा अघि आयोजक कमिटिले नै पोखरा रंगशालामा उक्त प्यारापिटले पुग्ने दाबी गरेको थियो । पोखरामा टिकट काटेर खेल अवलोकन गर्नेभन्दा निशुल्क प्रवेशबाट प्रवेश गर्नेको संख्या धेरै रहेको आयोजकको नै गुनासो बढेको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया