जनप्रिय क्याम्पसमा बिदाई

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई एक समारोहबीच बिदाई गरियो । असार २४ गते क्याम्पसको सभाहलमा शिक्षा विभागका प्रमुख रमेश थापाको सभापतित्वमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थी र प्राध्यापकहरूको उपस्थिति थियो ।
बिदाई कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीलाई खादा, माला र मायाको चिनो प्रदान गरे । कार्यक्रममा क्याम्पस प्रमुख बरालले बिदाई कार्यक्रमले विद्यार्थीलाई जीवनको लक्ष्यसँगै शिक्षालाई अगाडि बढाउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिए ।
उनले जीवनलाई सफल बनाउन शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिँदै आगामी दिनमा शिक्षा क्षेत्रमा शैक्षिक भूमिका निर्वाह गर्न विद्यार्थीलाई शुभकामना दिए ।
कार्यक्रममासहायक क्याम्पस प्रमुख राज खनाल तथा विद्यार्थी शाखा प्रमुख वेदहरि तिमिल्सिनाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा शिक्षालाई व्यवहारमा प्रयोग गर्न प्रेरित गर्नुपर्ने कुरामा जोड दिए ।
उपप्राध्यापक विजयाकुमारी आचार्यले स्वागत मन्तव्य राख्दै बिदा हुन लागेका विद्यार्थीलाई शुभकामना दिइन् । उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले पनि विद्यार्थीलाई शुभकामना दिए ।
विद्यार्थीको तर्फबाट अमृता रानाले जनप्रिय क्याम्पस आफ्नो चारवर्षे जीवनकालमा एउटा अविस्मरणीय शैक्षिक संस्थाका रूपमा रहेको भन्दै क्याम्पसप्रति आभार व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन उपप्राध्यापक डा. विष्णुप्रसाद शर्माले गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया