कारागारका गतिविधि पुस्तकमा

पोखरा ।
कास्की कागागार ‘ख’ ब्लकद्वारा ‘झ्यालखाना विगत र वर्तमान’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । कास्की कारागार ‘ख’ ब्लक अन्तरिक प्रशासनले एक कार्यक्रम आयोजना गरी सो पुस्तक विमोचन गरेको हो ।
कार्यक्रममा कास्की कारागार प्रशासक राजेन्द्र शर्माले पुस्तकको विमोचन गरे । उनले पुस्तक प्रकाशन कार्य आफैंमा महत्वपूर्ण काम रहेको बताए । कास्की कागागार ‘ख’ ब्लक अन्तरिक प्रशासनले यस्तै रचनात्मक काम गर्दै आएको भन्दै प्रशासक शर्माले प्रशंसा गरे ।
कारणवंश भुलवश या नियतवश अपराध गरेर कैदी जीवन भोग्नु परेका कैदिबन्दी शारीरिक र मानसिक रुपमा तन्दुस्त रहनुपर्ने भनाइ उनको छ । ‘कारागारभित्र बस्दा स्वास्थ रहन जरुरी छ । आफ्नो कैद भुक्तान गरेर भोलि समाजमा पुनस्र्थापित हुन मानसिक तथा शाररिक रुपले स्वास्थ हुन जरुरी छ । शारीरिक रुपले स्वास्थ हुन योग, ध्यान र व्याम दैनिक गर्नु होस् । मानसिक रुपले स्वास्थ रहन संचनात्मक क्रियाकलाप, सकारात्मक सोच अनि पुस्तकहरु पढ्नु पर्छ,’ उनले भने ।
झ्यालखाना विगत र वर्तमान’ शीर्षकको पुस्तकले कारागारको मर्म र उद्देश्य अनुसार सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताए । समयसगै सोच परिवर्तन गरेर सधार गर्दै जानुपर्ने उनको भनाइ थियो । ‘विगतको भन्दा अहिले कारागारमा धेरै सुधार भएको छ, तर पर्याप्त भने होइन । कारागारको सुधार अनि हितका लागि कारागार प्रशासनले माथिल्लो निकायसँग पहल गर्दै आएको छ र हामी दिनरात लागि परिरहेका छौं,’ उनले भने ।
आफ्नो कैद भुक्तान गरेर भोलि समाजमा पुनस्र्थापित हुन मानसिक तथा शाररिक रुपले स्वास्थ हुन जरुरी छ
कारागार सुरक्षा प्रमुख यमबहादुर चिदी मगरले आफ्नो जिम्मेवारी सुरक्षा दिने भए पनि कास्की कागागार ‘ख’ ब्लकले गरेका रहेक क्रियाकलाप देख्दा खुसी भएको बताए । ‘कारागारमा यस्तो रचनात्मक कार्यले सबैमा सकारात्मक ऊर्जा मिल्छ । यो पुस्तक प्रकाशन कार्यले नै थाहा हुन्छ कि आन्तरिक प्रशासन कतिको सवल छ भनेर । यस्तो कार्यलाई निरन्तरता दिनु पर्छ । यसले कारागारमा मात्र नभएर समाजमा पनि राम्रो सन्देश दिन्छ,’ उनले भने ।
कास्की कारागार ‘ख’ ब्लक अन्तरिक प्रशासन प्रमुख तथा चौकीदार दावा लामाले आफ्नो एक वर्ष कार्यकालमा सबैको सहयोगले गर्दा आन्तरिक प्रशासन सफल भएकोमा खुसी व्यक्त गरे । ‘आज विमोचना भएको पुस्तक केवल पुस्तकमात्र होइन, विगत र वतमार्नलाई भविष्यसँग जोड्ने एउटा लिखित दस्तावेज पनि हो । यस पुस्तकले कैदीवन्दीको ज्ञान, सीप, अनुभव र रचनालाई समेट्दै समाजलाई नयाँ सन्देश दिने छ,’ उनले भने ।
प्रमुख लामाका अनुसार पुस्तक विक्रिबाट आएको रकम आन्तरिक प्रशासनले मेडिकलको अक्षय कोषको निम्ति राखिनेछ । विमोचनकै अवसरमा आफ्नो कार्यकाल सफल बनाएकोमा कास्की कारागार ‘ख’ ब्लक अन्तरिक प्रशासन प्रमुख तथा चौकिदार दावा लामालाई कैदीबन्दीहरुले दोसल्ला ओढाएर प्रशंसापत्रसमेत प्रदान गरे ।
कास्की कारागार ‘ख’ ब्लक अन्तरिक प्रशासनका दाइ नाइके विनोद भुषालको संयोजकत्वमा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा कास्की कारागार ‘ख’ ब्लक अन्तरिक प्रशासनका भाइ चौकीदार दिनेश क्षेत्री, पुस्तकका सम्पादक लक्ष्मण दर्जी, कास्की कारागार ‘क’ ब्लक अन्तरिक प्रशासनका भाई चौकिदार प्रकाश गुरुङ लगायतकाले बोलका थिए भने कार्यक्रमको सञ्चालन कास्की कारागार ‘ख’ ब्लक अन्तरिक प्रशासनका आउटडोर दीपेन्द्र बस्यालले गरेका थिए ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया