त्रिवेणी इन्टरनेसनलमा बिदाइ

पोखरा ।
त्रिवेणी इन्टरनेसनल कलेजको विद्यार्थी कल्याणकारी समितिले बिबिएस चौथो वर्षका विद्यार्थीलाई शुक्रबार एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले विद्यार्थीलाई अध्ययन प्रमाणपत्रका लागि मात्र नभई जीवन उपयोगी शिक्षा हाँसिल गर्न आग्रह गरे ।
उनले कक्षा १२ पछि विद्यार्थीको पहिलो रोजाइ विदेश हुने प्रवृत्तिका कारण विश्वविद्यालयहरू रित्तिने अवस्थामा पुगेको टिप्पणी गरे । अध्यक्ष थापाले वडा कार्यालयमा दैनिक चारदेखि पाँच जना विद्यार्थी विदेश अध्ययनका लागि कागजात बनाउन आउने तथ्य उल्लेख गर्दै शिक्षा नीतिमा कमजोरी छ कि नेपालमै समभावना छैन भन्ने प्रश्न उठाए ।
थापाले निजी क्षेत्रबाट सञ्चालित कलेजहरूले सर्वसुलभ रूपमा शिक्षा प्रदान गर्दै आएका तर गुणस्तरमा अझै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । स्थानीय सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र सीप विकासलाई जोड्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको उनको भनाइ छ ।
विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सुदिन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराई, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराज पौडेल, प्राध्यापक जीवन भण्डारी र विद्यार्थी सर्वेन्द्र न्यौपानेले बोलेका थिए ।
कार्यक्रममा कलेजले विभिन्न वर्षमा उत्कृष्ट अंक ल्याउने तथा स्पोर्ट मिटमा विजयी भएका विद्यार्थीलाई सम्मान गरेको थियो । विद्यार्थीहरूले सांगीतिक प्रस्तुति र नृत्यसमेत प्रस्तुत गरेका थिए । त्रिवेणी इन्टरनेसनल कलेजमा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा झण्डै ६ सय विद्यार्थी छन् ।







सम्पादकीय—पुस्तान्तरणसँगै रुपान्तरण
सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया