दशरथ रंगशालामा भीड नियन्त्रण गर्न प्रहरीको लाठी चार्ज

समाधान संवाददाता, काठमाडाैं
नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।
प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्।
टिकट सकिएकाे भनेपछि केही युवाहरु जमात हाेहल्ला गर्न थाले र भीडलाई नियन्त्रण गर्न प्रहरी बल प्रयाेग गर्याे । त्यही भीडलाई क्रम पत्रकारलाई लागेकाे हुन सक्ने काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले बताए ।
यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए।
फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।
त्यस्तै, राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफिटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिटतर्फ १ हजार कायम गरेको थियो।
राखेपका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ।
समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सम्बोधन गर्ने भएका छन्।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया