नेपाली चेलीहरूको गोल वर्षा, श्रीलंका ७-० ले स्तब्ध !
समाधान संवाददाता
२०८२ असार ३२ गते ६:१४

काठमाडौं – साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाली चेलीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो गोल अन्तरले हराउँदै शानदार जित दर्ता गर्यो।
बंगलादेशको ढाकामा भएको खेलमा नेपाल सुरुदेखि नै श्रीलंकामाथि हावी भएको थियो। खेलकी नायिका बनिन् फरवार्ड मीना देउवा, जसले सुन्दर ह्याट्रिक गरिन्। नेपालका लागि गोलको खाता मीनाले खेलको आठौं मिनेटमै खोलिन्। त्यसपछि त नेपाली खेलाडीले गोलको वर्षा नै गरे। पहिलो हाफमा ५ गोल भयो भने दोस्रो हाफमा थप २ गोल भयो।
कसले कति गोल गरे?
- मीना देउवा: ३ गोल (ह्याट्रिक)
- पूर्णिमा राई: २ गोल
- समीक्षा मगर: १ गोल
- सरिता नाथ: १ गोल
यो जितसँगै नेपालले प्रतियोगितामा ६ अंक जोडेको छ। नेपालले यसअघि भुटानलाई हराएको थियो भने आयोजक बंगलादेशसँग पराजित भएको थियो। नेपाली टोलीको यो सानदार प्रदर्शनले सबै फुटबल प्रेमीलाई उत्साहित बनाएको छ।
सम्बन्धित









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया