साफ यू-२० महिला च्याम्पियनसिप
श्रीलंकालाई फेरि ७-० ले हराउँदै नेपाल शीर्ष स्थानमा

पोखरा ।
साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाली टोलीले श्रीलंकामाथि लगातार दोस्रो सानदार जित निकालेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो ।
ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले सुरुदेखि नै श्रीलंकालाई दबाबमा राखेको थियो । १५औँ मिनेटमा पूर्णिमा राईले गोलको खाता खोलिन् भने ३५औँ मिनेटमा कुसुम खतिवडाले अग्रता दोब्बर बनाइन् । पहिलो हाफको अन्त्यतिर नेपाल झनै आक्रामक बन्यो । ४३औँ मिनेटमा सरिता नाथले फ्रिकिकबाट सुन्दर गोल गरिन् भने ४५औँ मिनेटमा कुसुमको प्रहारले जाली चुमेपछि नेपालले पहिलो हाफमै ४-० को आरामदायी अग्रता लिएको थियो ।
दोस्रो हाफमा पनि नेपालको गोलको वर्षा रोकिएन । ६७औँ मिनेटमा बिर्सना चौधरीले पेनाल्टीमार्फत गोल गरिन् । त्यसपछि मैदानमा चम्किएकी समिक्षा मगरले ७४औँ र ७८औँ मिनेटमा गरी दुई गोल थप्दै नेपालको जित सुनिश्चित गरिन् । खेलको अन्तिम मिनेटमा बिर्सनाले पाएको अर्को पेनाल्टी भने श्रीलंकन गोलरक्षकले बचाइन् ।
यो जितसँगै नेपालले श्रीलंकाविरुद्धका दुवै खेलमा समान ७-० को जित दर्ता गरेको छ । जितपछि ४ खेलबाट ९ अंक जोडेको नेपाल गोलअन्तरका आधारमा बंगलादेशलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । समान ९ अंक नै भएको बंगलादेशले एक खेल कम खेलेको छ र उसले आजै भुटानसँग खेल्नेछ, जसको नतिजाले अंकतालिकामा फेरि फेरबदल हुन सक्नेछ ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया