पर्वतको बाच्छामा होमस्टे सञ्चालन

समाधान संवाददाता
पोखरा
पर्वतको बिहादी गाउँपालिका १ स्थित बाच्छामा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । प्रकृतिसँग रमाउन र ग्रामीण परिवेश बुझ्न चाहने पर्यटक लक्षित सामुदायिक होमस्टे सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सोमबार होमस्टे उद्घाटन गरे । मन्त्री लम्सालले देश संघीयतामा गएसँगै गण्डकी प्रदेश सरकार गठन भएको र प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनलाई प्राथमिकता दिने क्रममा होमस्टेलाई अग्रस्थानमा राखेको बताए । प्रदेश सरकारले पर्यटन, कृषि, उद्योग, ऊर्जा लगायतलाई समृद्धिका आधार मानेको बताउँदै होमस्टेले पर्यटकीय हब बनाउन पहल गर्ने बताए ।
ग्रामीण पर्यटनलाई प्रवद्र्धन र स्थानीयको आम्दानीको स्रोत बढाउन होमस्टे कोशेढुंगा सावित हुने दाबी गरे । होमस्टेले उत्पादन वृद्धि, रोजगारी सिर्जनासँगै परम्परागत लोपोन्मुख संस्कृतिको संरक्षण तथा जगेर्ने गर्न सक्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ सय होमस्टे स्थापना गर्ने लक्ष्यसहित २ सय ७४ होमस्टेलाई ३० करोड वितरण गरेको जानकारी दिए । सरकारले यस आर्थिक वर्षमा ५० वटा होमस्टे थप गर्न लागेको उनले सुनाए । गण्डकी प्रदेश सरकारले होमस्टेको वर्गीकरण गरी यस आर्थिक वर्षमा गण्डकी प्रदेशभित्रका होमस्टेलाई २५ करोड अनुदान दिन लागेको मन्त्री लम्सालको भनाइ थियो ।
महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बिहादी गाउँपालिका र महाशिला गाउँपालिकाका पर्यटकीय स्थलसँग सिधा जोडी पर्यटकीय प्याकेजका नयाँ कार्यक्रम सञ्चालन गरी ग्रामीण पर्यटनको हब बनाउन सकिने बताए । उनले विश्वकै ठूलो शालिग्राम र महाशिला पर्यटकीय प्याकेजको रुपमा विकास गर्न आफूहरु सधंै तयार रहेको बताए ।
बिहादी गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले होमस्टे सुरुआतपछि यसलाई सञ्चालन गर्ने, पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन तथा बिहादीका पर्यटकीय स्थलसँग सिधा जोड्दै ग्रामीण पर्यटनको उत्कृष्ट नमुनाका रुपमा यसलाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाए ।
बच्छेश्वर सामुदायिक होमस्टेको भौतिक पूर्वाधार व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले १० लाख प्रदान गरेको थियो भने स्थानीयले १८ लाख गाउँमा संकलन तथा जनश्रमदान गरेका थिए । होमस्टेमा ५० जना सजिलै बास बस्न मिल्छ । यहाँ अर्गानिक स्वादिष्ट खानाका परिकारसँगै गुरुङ समुदायको कला, संस्कृतिसँग रमाउन पाइन्छ ।
यहाँ बास बस्ने पर्यटकले प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बच्छेश्वरकोटको दर्शन सँगै २३ सय मिटर उचाइमा रहेको गोल्र्याङ टाकुरीबाट मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । यहाँबाट धवलागिरि, माच्छापुच्छ्रे लगायत हिमशृंखलाको अवलोकन गर्न पाइन्छ । आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति होमस्टे सञ्चालनमा ल्याएको होमस्टेका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया