सम्पादकीय—न्यूनतम बेतन र कार्यान्वयनको सवाल

न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले १ साउन २०८२ देखि लागु हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक बढाएर १९ हजार ५ सय ५० पुर्याएको छ । सरकार, रोजगारदाता र श्रमिक संगठनको त्रिपक्षीय सहमतिमा सबै क्षेत्रका श्रमिकको आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० र महंगी भत्ता ७ हजार ३ सय ८० सिफारिस गरेको हो ।
श्रम ऐन, २०७४ को दफा १०७ अनुसार, सरकारले प्रत्येक २ वर्षमा न्युनतम पारिश्रमिकको पुनरावलोकन गर्नुपर्छ । पछिल्लो पटक नेपाल सरकारले विक्रम संवत २०८० मा १७ हजार ३ रुपैया मासिक न्युनतम पारिश्रमिक तोकेको थियो । अहिले श्रमिकको न्यूनतम बेतन २ हजार २ सय ५० तलब बढेको छ । विगतमा केही बेइमान रोजगारदाता र श्रम तथा रोजगार कार्यालयको फितलो कार्यशैलीको कारण कार्यान्वयनमा कठिनाई भएको थियो । विगतमा न्यूनतम बेतन व्यवहारमा कार्यान्वयन गर्न कठिनाई भएकोले अहिले रोजगारदाताको सहमतीमा सिफारिस गरिएको हो । ताकी त्रिपक्षीय सहमति कायम होस । सबै श्रमिकले बास्तविक रुपमा पारिश्रमिक बढेको अनुभुत गर्न सकुन ।
नेपालमा श्रमिकको बैंक मार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना ११ मंसिर २०७५ देखि सुरुवात भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियो । अहिले न्यूनतम पारिश्रमिक बृद्धि औपचारिक क्षेत्रका श्रमिकको लागि मात्र हो । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेट्ने गरी काम थालेको छ । यस्तो अवस्थामा पारिश्रमिक बृद्धिको सवालमा अनौपचारिक क्षेत्रका श्रमिकलाई कहिं न कहिं जोड्न पर्छ । किनकी नेपालमा अनौपचारिक र असंगठित क्षेत्रमा काम श्रमिकको ठूलो हिस्सा छ ।
वर्तमान बजार मूल्य र परिवारको न्युनतम जीवनस्तर धान्नको लागि स्वतन्त्र विज्ञले श्रमिकको न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रुपैया तोक्नुपर्ने प्रस्ताव गरेको थियो । अहिलेको सन्दर्भमा रोजगारदाता १ हजार ५ सय भन्दा बढी नबढाउने पक्षमा थिए । तथापी त्रिपक्षीय सहमतीमा श्रमिकको न्यूनतम बेतन बढेको अवस्था छ । सयुक्त ट्रेड युनियन समन्वय केन्द्रको नेतृत्व गरेको अखिल नेपाल ट्रेड युनियन महासंघले सहमतीमा हस्ताक्षर गरेको छैन । यो पटक कार्यान्वयनमा अबरोध सिर्जना गरी भ्रम सिर्जना गर्ने पक्षको कारण बढेको तलब कार्यान्वयन गर्न झन ठुलो चुनौती छ ।
नेपालको हरेक राजनीति परिवर्तननमा आम श्रमजीवीको योगदान छ । श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन । शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रको उचित रुपमा सम्बोधन गर्दै सम्मानित सुरक्षित श्रम जीवन, स्वास्थ्य नागरिक, सीपयुक्त नागरिक, मर्यादित कामका लागि बढेको पारिश्रमिक सरकारी, गैर सरकारी र निजी क्षेत्रका प्रतिष्ठानले अनिवार्य रुपमा पालना गर्नु पर्छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया