झट्केलाहरु जहाँ–जहाँ छन्, त्यहाँ–त्यहाँ अराजकता वा विधिहीनता !

भगवती पौडेल २०८२ साउन ८ गते १७:२२

दम्भ, अहंकार, हुँकार, अभिमान वा आडम्बरले चूर भएको अराजक समूह, जसले मुलुकका सबै क्षेत्रमा कब्जाको रणनीति चलाउँदै आयो । शिक्षा, स्वास्थ्य, सडक, यातायात, विद्युत, स्वदेश–विदेश मात्र होइन, न्याय क्षेत्रमा पनि यही समूहले कब्जा जमाउन प्रयत्नरत रह्यो । यो समूह कुनै राजनीतिक धर्म, मर्म, मूल्य र मान्यतामा आधारित समूह होइन, त्यसैले त यो समूहलाई राजनीतिक दलको संज्ञा दिन सकिँदैन ।

Advertisement

अत्यन्त अराजक, अनुशासनहीन, परिस्थितिअनुसारको नीति वा निर्णय लिने समूह भएकाले यो समूहलाई “अराजक जत्था” भन्न हिच्किचाइरहनु पर्दैन । यो समूह जहाँ–जहाँ रहे पनि आफ्नो सामान्य मर्यादा वा आचारसंहिताविपरीत संस्थामा अनर्गल, अनैतिक, अमर्यादित, कायर वा छुद्र गतिविधि प्रदर्शन गर्नेमा यही समूहको अग्रता रहन्छ । काका–बाका झट्केलाहरू चाहे न्यायमूर्ति नै किन नबनून्, तर यिनीहरूले गर्ने वा देखाउने विधिहीनता वा अराजकताले उनीहरू न्यायमूर्ति हुन् वा अराजकताका संरक्षक, छुट्याउन गाह्रो छ ।


विधि, नीति वा कानुनी शासनको उपेक्षाः
काकुका झट्केलाहरूमा विधि, नीति वा कानुनी शासनको न्यूनतम लेससम्म पनि नभई उग्रता, अनुशासनहीनता, दण्डहीनता वा विधिहीनताको दम्भ वा अहंकार भरिएको पाइन्छ । झट्केलाहरू हेर्दा अखरिएका, अह्ररिएका, बोलीमा र व्यवहारमा रुखा, आफू र आफ्नै समूहका अहंकारीहरूबाहेक अरूलाई मान्छे नै नगन्ने अहंकारी स्वभावका हुन्छन् । तिनीहरू आज सडकबाट उठेर महलमा बस्ने भएका छन् । आज झट्केलाहरूको जीवनशैली नेपाली समाजमा महाधनाढ्य भनेर चिनिनेहरूको स्तरमा पुगेको छ । काकुबाटै गलत संस्कार वा प्रशिक्षण प्राप्त गरेकाले झट्केलाहरूबाट सुशासन वा असल व्यवहारको अपेक्षा गर्नु आकाशको फल साबित हुनेछ ।

Advertisement

हुन त बकुल्ला र राजहंस दुवै रङमा सेता नै हुन्छन् । झट्केलाहरू देख्दा खाइलाग्दा, जनता चुसेर सुटेड–बुटेड पनि! तर सेतो हुँदैमा बकुल्लाको तुलना कुनै पनि हालतमा राजहंससँग हुन सक्दैन । राजहंस आफैँमा ज्ञान, गुण वा विवेकले भरिपूर्ण प्राणी हो, जसले पानी र दूधको मिसावटबाट एकअर्कालाई अलग गर्न सक्छ, तर बकुल्ला ठीक/बेठीक, असल/खराब, विधि वा नीति वा अराजकता वा विधिहीनता के हो भन्ने छुट्याउन नसक्ने विवेकहीन प्राणी हो । बकुल्लामा केवल जीव वा कीटपतङ्गको हत्या गर्ने र पेट भर्नेसम्मको निहित स्वार्थ मात्र रहन्छ । झट्केलाहरूलाई चाहे न्यायमूर्तिकै रूपमा पदस्थापन ग¥यौँ नै भने पनि उसको दिनचर्या केवल विवेकहीन बकुल्लासरह रहन्छ । तसर्थ, यस्ता विवेकहीनहरूबाट सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।


विवेक, विधि वा नीतिबाट पतित भएकाहरूको सामान्य हैसियत बाका पालाका हलीहरूको सम्म हो, जसलाई बिहान आठै बजे ३ माना ढिँडो खुवाएर धौले, चम्रे गोरु लिएर गैह्रीखेत जोत्न पठाउने र दिनमा फलामे थालभरको मकै–भट्ट र मही खुवाएर बेलुकी पुनः ४ माना चामलको खर्च हालेर घर पठाउने । तर सोही हैसियतका स्वाँठ हलीहरू उच्च पदमा पदासीन हुँदाको नागरिक पीडा अवश्य फरक पर्दो रहेछ ।

Advertisement

काकु र झट्केला मिलेर गरेको अराजकता, दण्डहीनता, विधिहीनताले अब चुली नाघिसकेको छ, चुली चढिसकेपछिको अबको विकल्प भनेको ओरालो लाग्नु नै हो ।


मुलुकका हरेक पेसा, व्यवसाय वा उच्च पदहरूमा झट्केलाहरू छ्यापछ्याप्ती भरिँदा अनुशासन, सत्कर्म र चरित्र समाप्त हुन गइरहेको छ । सर्वत्र विधिहीनता र अराजकता फैलाउनमा काकुको निर्देशानुसार झट्केलाहरूको अग्रसरता उल्लेख्य छ ।


दैविक शक्तिको प्रतीक्षाः
काकु र झट्केला मिलेर गरेको अराजकता, दण्डहीनता, विधिहीनताले अब चुली नाघिसकेको छ, चुली चढिसकेपछिको अबको विकल्प भनेको ओरालो लाग्नु नै हो । अब काकु–बाको ओरालो यात्रासँगै झट्केलाहरू पनि ओरालो लाग्दै गरेको हेर्ने दिन धेरै टाढा छैन । न्यायालयलाई बन्धक तुल्याउने, न्यायालयलाई नै खेलौना बनाउने, न्यायालयभित्र दबाब वा प्रभावमा राखेर गलत निर्णय वा हर्कत देखाउने गतिविधिले सायद ग्रह–नक्षत्रहरू पनि काकु र झट्केलाप्रति रुष्ट भइसकेको अवस्था छ । यो अवस्थाले अब दैविक बज्र काकु र झट्केला सबैको थाप्लोमा बज्रिँदै छ, ताकि अब थाप्लो फुटेर मर्ने दिन उनीहरूका लागि धेरै लामो छैन ।
काकु र झट्केलाहरूको हर्कतले नै समग्र राजनीतिको इज्जत र प्रतिष्ठाको धुलिसात!


काकु र झट्केलाहरू सुरुदेखि अहिलेसम्म कुनै पनि सवालमा मुलुक र जनताप्रति उत्तरदायी छैनन् । अरू त अरू, बा र झट्केलाहरूलाई सबैभन्दा बढी साथ, सहयोग वा मद्दत गर्ने शिक्षक, कर्मचारीको समूहलाई इतिहासमै अहिलेसम्म हित वा भलाइ हुने, तलब–सुविधा बढाउने, सम्मान वा इज्जत प्रदान गर्ने काममा यो समूह अत्यन्त अनुदार रह्यो । यो समूहले गर्ने हरेक निर्णयहरू मुलुकको संविधान र कानुनसम्मत कहिल्यै हुँदैनन् ।

आफ्नो गुटगत स्वार्थ, बाको सनक वा इच्छाशक्ति नै सबैका लागि मान्य हुनुपर्दछ र देशको कानुन नै त्यही हो भन्ने मान्यता राखिन्छ । चाहे सार्वजनिक वा सरकारी सम्पत्ति दोहनमा, चाहे सार्वभौम संसद् भङ्ग गर्नमा, चाहे सङ्गठित भ्रष्टाचारका अपराधीहरूलाई संरक्षण गर्नमा काकुको अगुवाइ वा अग्रसरता सबभन्दा बढी हुने गरेको छ । हरेक नागरिकमाथि दम्भ, अहंकार वा छुद्रता प्रदर्शन गर्ने, देशको ढुकुटी रित्याउने वा तस्कर र पुँजीपतिहरूसँग मनलाग्दो चन्दा माग्ने कुरामा यो समूह सबैभन्दा अगाडि छ । यिनीहरूकै कारण मुलुकको राजनीतिक प्रणाली नै सबैभन्दा बढी बदनाम हुन पुगेको छ ।


काकु र झट्केलाहरूको समूहले अहिलेसम्म कमिसन नखाएको कुनै योजना वा परियोजना छ भने मलाई बताइदिनुहोला । झट्केला र काकुहरूले देश बर्बाद तुल्याउँदा समेत नेपाली काँग्रेस रमिते बनेर बस्नु दुर्भाग्यपूर्ण छ ।

तपाईको प्रतिक्रिया