पिपिएलमा पोखरा र काठमाडौंको पहिलो खेल

समाधान संवाददाता २०७६ मंसिर २९ गते १३:१६
Official logo of Pokhara Premier League. Courtesy: Queens Event Management Nepal

समाधान संवाददाता
पोखरा

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ ।

शनिबारदेखि प्रतियोगिता सुरु हुने भनिए पनि मौसममा आएको खराबीले प्रतियोगिता आइतबार सुरु हुँदैछ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टर लगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै ६ वटै टोलीका खेलाडीसमेत पोखरा आइपुगेको जानकारी दिए ।

Advertisement

आगामी पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले क्रिकेट खेलप्रति आकर्षण बढाउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी ३ खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख, ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ सहरका ६ टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया