आँधिखोला दोहनले समस्या

सुशील सुवेदी
वालिङ
स्याङ्जास्थित आँधिखोलामा अवैध ढंगले ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य वस्तुको अवैध निकासीले खोला संकटमा पर्ने खतरा बढेको छ ।
पानीको बहाव घटबढमात्र नभई दुर्लभ जलचरसमेत लोप हुन थालेको छ । सरोकारवाला निकायले संरक्षणमा चासो नदिँदा आँधिखोला समस्यामा पर्दै गएको हो ।
खोलाकोबीचमा मेसिन प्रयोग गर्दै नदीजन्य पदार्थ उत्खनन् कार्यले खोला संकटमा पर्न थालेको छ । जिल्लाका ६ वटा स्थानीय तहभित्र पर्ने आँधिखोलाको संरक्षण नगरी लाभमात्र लिने गरेका कारण पर्यावरणीय एवं धार्मिक महत्वसमेत ओझेलमा पर्दै गएको छ । खोला संरक्षणमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरे पनि स्थानीय तहले नदीजन्य पदार्थ ओसार पसार गर्ने र नियन्त्रण गर्ने काममा ध्यान दिन नसकेको स्थानीयको आरोप छ ।
‘आँधिखोला हाम्रो सभ्यता हो, खोला हराउँदा हाम्रो सभ्यतासमेत हराउँछ’, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले भनिन्, ‘संरक्षणमा सबैको तदारुकता आवश्यक छ ।’ यता आइई प्रतिवेदन विपरित पानीको सतह भन्दा १० मिटर गहिरो खाडल खनेर नदीजन्य पदार्थ उत्खनन् गर्दा पानीको बहाव घट्ने र जमिन भासीने खतरा हुने जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगालेले बताए । ‘नदीजन्य पदार्थको वैज्ञानिक निकासी हुँदा समस्या हुँदैन तर, वैज्ञानिक निकासीको नाममा नदीजन्य पदार्थ अव्यवस्थित उत्खनन् गर्दा पानी मात्र होइन, धार्मिक महत्वसमेत ओझेलमा पर्छ’, बगालेले भने ।
स्थानीय सरकारले मापदण्ड अनुसार नियमन गरिरहेको दाबी गर्दै वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले भने, ‘मापदण्ड अनुसार नदीजन्य पदार्थको उत्खनन् र निकासी गरिरहेका छौं ।’ उनले वडाध्यक्षसहित प्राविधिक टोलीको समिति बनाएको बताउँदै रेखदेखमा निकासी भएको दावी गरे । उनले विकास निर्माणका लागि चाहिने ढुंगा, गिटी र बालुवालाई खानीको व्यवस्था गरेको बताए ।
आँधिखोला छेउमा आँधिखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालिगण्डकी गाउँपालिका छन् । पर्यटकीय रुपमा खोलामा र्याफ्टिङको मजा लिने धेरै संघसंस्था छन् । ६ वटा स्थानीय सरकारको संरक्षण मागिरहेको आँधिखोला बगरमा परिणत हुने सर्वसाधारणले चौतर्फी आलोचना गरेका छन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया