ओमकारेश्वरमा वृक्षारोपण

समाधान संवाददाता २०८२ साउन १२ गते १३:१६

पोखरा ।
पोखराको पर्यटकीय स्थल घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात, गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपिएको थियो ।

Advertisement

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बिरुवा रोपेर मात्र नहुने बताउँदै, यसको नियमित गोडमेल र संरक्षण महत्त्वपूर्ण हुने बताए । उनले यहाँ भएको लायन्स पार्कलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न क्लबले भूमिका खेल्नुपर्नेमा जोड दिए ।


क्लबका अध्यक्ष गोविन्दराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ जे का फस्ट भिडिजी प्रजापति बास्तोला, गण्डकी एरिया चिफ महेश श्रेष्ठ, रिजन चेयरपर्सन चेतबहादुर कुमाल, लायन्स क्लबका पूर्व अध्यक्ष कुन्दनराज शर्मा, सञ्जय बस्नेत, टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल लगायतकाले वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लबले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।

Advertisement


सो अवसरमा क्लबले विपन्न वर्गका ७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै मन्दिरका लागि फोहोर संकलन सामग्री पनि हस्तान्तरण गरेको छ । उक्त सामग्री वडाध्यक्ष पाण्डे, अध्यक्ष गोविन्दराज अधिकारीले मन्दिरका पुजारी रामचन्द्र पौडेललाई हस्तान्तरण गरे ।


सोही अवसरमा लायन्स टोलीले मन्दिर परिसरमा रहेका बोटबिरुवा गोडमेल गर्नुका साथै सरसफाइ समेत गरेका थिए । सो कार्यक्रमको सञ्चालन लायन दिवस पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया