कांग्रेस संसदीय दलमा मुख्यमन्त्री लामा पराजित, बानियाँलाई मुख्यमन्त्रीको बाटो खुल्यो

हेटौंडा
बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आफ्नै दलभित्रको विश्वासको मत गुमाएर पदमुक्त भएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतदानमा उनी पराजित भएका हुन्। मतदानमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो।
लामाविरुद्ध उनकै दलका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मंगलबार दलको बैठकमा मतदान भएको हो। लामो समयदेखिको तानातानपछि अन्ततः इन्द्रबहादुर बानियाँ पक्षले बहुमत सांसद आफ्नो पक्षमा जुटाएर लामालाई दलको नेताबाट हटाउने प्रक्रिया अघि बढाएको थियो।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका २१ सांसदमध्ये दुई जनाले कित्ता परिवर्तन गरे पनि खानेपानी मन्त्री श्यामकुमार खड्कालाई राजीनामा गराएर आफ्नो पक्षमा ल्याएपछि बानियाँ बहुमत जुटाउन सफल भएका हुन्।
अब बुधबार कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुनेछ। उक्त निर्वाचनमा बानियाँ विजयी भएमा उनलाई मुख्यमन्त्री बन्ने मार्ग प्रशस्त हुनेछ। यद्यपि, आफ्नै पार्टीभित्रबाट पदमुक्त गरिएका लामा पक्षले प्रदेशसभामा विश्वासको मत लिँदा ‘फ्लोर क्रस’ गरिदिएमा बानियाँको मुख्यमन्त्री बन्ने यात्रामा चुनौती थपिन सक्नेछ।
बानियाँ यसअघि पनि मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए, तर पार्टीले नुवाकोटका लामालाई मुख्यमन्त्री बनाएको थियो। उनी २०७९ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट तत्कालीन सत्ता गठबन्धनको उम्मेदवारका रूपमा विजयी भएका थिए। उनले १८ हजार ७१६ मत ल्याएर नेकपा (एमाले) का प्रतिस्पर्धी लालबहादुर थापामगरलाई पराजित गरेका थिए, जसले १६ हजार ९३४ मत पाएका थिए।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया