सम्पादकीय—रक्त सञ्चार सेवाको गुणस्तरीयता

नेपालमा रक्त सञ्चार सेवाको इतिहास ६० वर्षको हाराहारीमा पुगेको छ । रेडक्रस सोसाइटी स्थापना भएको तीन वर्षपछि विसं २०२३ सालको साउन १२ गते वीर अस्पतालमा प्याथोलोजी विभागमार्फत संस्थामा आधारित रक्तसञ्चार सेवा उपलब्ध गराउन थालिएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीले रक्तसञ्चार सेवाको आवश्यकता महसुस गरी वि.सं. २०३५ सालबाट सुरुवात गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसर रामघाटको रक्तसञ्चार सेवालाई स्तरोन्नति गरी सिर्जनाचोकमा प्रादेशिक तहको रक्तसञ्चार सेवा (ब्लड बैंक)को रूपमा विकास गरिएको छ । सुरुमा १६९ युनिट रगत संकलन र वितरण गरी सेवा दिएकोमा अहिले रगतको माग बढ्दै जाँदा वर्षमा ४१ हजार युनिटसम्म रगत संकलन र वितरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । देश भरमा ५ लाख युनिट रगतको संकलन तथा वितरण हुन्छ ।
रेडक्रसले गर्ने विविध मानवीय कार्यहरूमध्ये मानव जीवनसँग प्रत्यक्ष एवं अत्यावश्यक सेवाको रूपमा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ । समयक्रमसँगै २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल चैत २४ गतेदेखि नेपाल सरकारले रगत र रगतजन्य पदार्थको संकलन, भण्डारण र वितरणको जिम्मा रेडक्रस सोसाइटीलाई दिएको छ ।
रगतको मागअनुसारको आपूर्ति व्यवस्थाका लागि प्रभावकारी ढंगबाट सञ्चालन हुने गरेका उत्प्रेरणा कार्यक्रमले मद्दत पु¥याइरहेका छन् । यही कारण अहिले ६ सयभन्दा बढी संघ, संस्थाले स्वतःस्फूर्त रूपले नियमित रक्तदान गर्ने गर्दछन् । आकस्मिक रक्तदान युनिट र नेपाल स्वयंसेवी रक्तदाता समाज लगायत रक्तदाता संस्था, दुर्लभ रक्तदाता समूहबाट पनि रगत संकलनमा विशेष सहयोग प्राप्त भएको छ । ‘जन्म दिनमा रक्तदान गरौं’ भन्ने अभियान समेत सुरुवात भएको छ । अस्पतालहरूबाट रगत माग भइआएको अवस्थामा ‘रगत छैन’ भन्ने अवस्थाको अहिले अन्त्य भएको छ ।
विश्वमा विज्ञानले धेरै खाले खोज अनुसन्धान गरेको भएतापनि कृतिम रुपमा रगत बनाउने सुत्र फेला परेको छैन । मानव रगत प्रयोगशालामा नबन्ने भएकाले दाताले दान गरेको रगतले कसैको जीवन रक्षा गर्न सकिन्छ । त्यसैले ‘रक्तदान जीवनदान र जीवनदान महादान’ भन्ने गरिएको हो । रगत संकलन, बिरामीसम्म सुरक्षित प्रदानको लागि विभिन्न परिक्षणहरु गर्ने, रगतको आवश्यक चिस्यानको व्यवस्थापन, फ्रिजहरु कोल्ड रुमहरुको व्यवस्थापन, बत्ती/पानीको व्यवस्थापन, ब्लड व्याग खरिद, विभिन्न किटको परीक्षण र रियजेन्टहरु खरिद गरी समय सापेक्ष गुणस्तर व्यवस्थापन गर्नु निकै खर्चिलो थियो ।
रेडक्रस कास्कीको पहलमा सुरुवातमा ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई रक्तजन्य सेवा शुल्क छुट दिँदै आएको थियो । आर्थिक वर्ष २०७८/०७९ देखि गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश भित्र रगत तथा रक्ततत्व निशुल्क गर्ने घोषणा गरेको छ । जस अनुसार २०७८ फागुन १ गतेबाट कार्यान्वयन ल्याएको छ । सरकारले आवश्यक नीति नियम, र कानुन बनाएर अनुगमन र मूल्यांकनको व्यवस्था गरी रक्तसंचार सेवालाई अरु सहज बनाउन सहयोग पुर्याउनु पर्छ । सरकारी निकायको समन्वय र सहकार्यले रक्त सञ्चार सेवालाई केहि हदसम्म सहज र सर्वसुलभ बनाउन सहयोग पुगेको छ ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया