शिक्षा र समाज रुपान्तरण

शिक्षा मानव जीवनको मूल आधार हो । जन्मदेखि मृत्युसम्मको यात्रा सहज, सार्थक र सुसंस्कृत बनाउने साधन भनेकै शिक्षा हो । यसले व्यक्तिलाई अज्ञानताबाट ज्ञानतर्फ, अन्धकारबाट प्रकाशतर्फ, र असत्यबाट सत्यतर्फ डोर्याउँछ । शिक्षा समाज, राष्ट्र र मानव सभ्यताको विकासको पनि मूल आधार हो ।
आजको २१औँ शताब्दी ज्ञानको युग हो, जहाँ शिक्षा बिना व्यक्तिगत, सामाजिक, आर्थिक र राजनीतिक प्रगति सम्भव छैन । शिक्षा व्यक्ति र समाजबीचको सम्बन्ध प्रगाढ बनाउने पुल हो । यसले संस्कार, मूल्य र सोच निर्माण गर्छ, जसले समाजको स्वरूप परिवर्तन गर्छ । शिक्षा भन्नाले व्यक्तिमा ज्ञान, सीप, मूल्य, आचरण, सोच र दृष्टिकोणको विकास गर्ने निरन्तर प्रक्रिया हो । यो केवल किताबी ज्ञानमा सीमित नभई, जीवन चलाउन आवश्यक व्यवहारिक सीप, नैतिकता, सामाजिक चेतना र सह–अस्तित्वको भावना विकास गराउने माध्यम हो ।
शिक्षाको प्राचीन परिभाषाः प्राचीन अवधारणाअनुसार शिक्षा भन्नाले व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक, नैतिक, सामाजिक र आध्यात्मिक विकास गराउने यस्तो निरन्तर प्रक्रिया हो, जसले मानिसलाई सत्य, धर्म, संयम, आचरण, कर्तव्यबोध, विवेक, संस्कार, व्यवहार र जीवनोपयोगी ज्ञान प्रदान गर्दै समाजमा मर्यादित, अनुशासित, उत्तरदायी र विवेकी नागरिकको रूपमा स्थापित गर्ने उद्देश्य राख्दछ, जसमा मात्र किताबी ज्ञान होइन, व्यवहारिक जीवनकला, गुरु–शिष्य परम्परा, वैदिक दर्शन, आध्यात्मिक साधना, धर्म कर्म को समन्वय, मानव कल्याण र मोक्ष प्राप्तिको मार्गदर्शन समेत समावेश हुन्छ, र जुन शिक्षा गुरुकुल, आश्रम वा प्राकृतिक वातावरणमा गुरुहरूद्वारा मौखिक श्रवण, मनन, चिन्तन, ध्यान र अनुशासनमार्फत प्रदान गरिन्थ्यो, जहाँ ज्ञानको मुल्यांकन परीक्षाद्वारा होइन, व्यवहार र अनुशासनद्वारा गरिन्थ्यो, र जसको मूल लक्ष्य आत्मा र परमात्माको सम्बन्ध बुझ्नु, सत्यको अनुभूति गर्नु, र समग्र मानव समाजमा शान्ति, सद्भाव, अनुशासन, करुणा, सेवा र सत्यका मूल्यहरू फैलाउनु थियो, र यस प्रकारको शिक्षा मानिसलाई केवल जीविकोपार्जनको माध्यम होइन, जीवनलाई अर्थपूर्ण, संयमित, विवेकी र सशक्त बनाउने जीवन–साधना थियो, जसले अज्ञानताको अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउने, व्यक्तिको आत्मिक उन्नति गराउने र समाज रूपान्तरणमा आधारशिला राख्ने एउटा गहिरो सांस्कृतिक, दार्शनिक र जीवनमूल्यमा आधारित प्रणालीको रूपमा विकास भएको थियो ।
शिक्षाको आधुनिक परिभाषाः शिक्षा आधुनिक अवधारणाअनुसार व्यक्तिमा ज्ञान, सीप, दृष्टिकोण, मूल्य, व्यवहार, प्रविधि प्रयोग, सामाजिक चेतना, रचनात्मकता, निर्णय क्षमता, नागरिक कर्तव्यबोध, सहिष्णुता, नवप्रवर्तनशीलता, उद्यमशीलता र जीवन उपयोगी दक्षता विकास गराउने संरचित, उद्देश्यपरक र निरन्तर प्रक्रिया हो, जसले व्यक्तिलाई स्वनिर्णय गर्न सक्ने, वैज्ञानिक सोच विकास गर्ने, विविधताको सम्मान गर्ने, मानव अधिकारको संरक्षण गर्ने, लोकतान्त्रिक प्रणालीलाई बुझ्ने, समावेशी व्यवहार अंगीकार गर्ने, सामाजिक उत्तरदायित्व वहन गर्ने र वर्तमान समयको गतिशील विश्वसँग सुसंगत हुने बनाउँछ, र जुन प्रक्रिया विद्यालय, कलेज, विश्वविद्यालय, अनलाइन शिक्षण, कार्यशाला, सञ्चार माध्यम, र अन्य जीवन अनुभवमार्फत औपचारिक, अनौपचारिक र गैर–औपचारिक तरिकाले प्रदान गरिन्छ, र जसको अन्तिम उद्देश्य व्यक्तिको पूर्ण व्यक्तित्व विकास गर्दै समाज, राष्ट्र र मानवता प्रतिको सकारात्मक भूमिका निर्धारण गर्नु हो ।
समाज रुपान्तरणको अर्थ
समाज रूपान्तरण भन्नाले सामाजिक संरचना, मूल्य, सोच, आचरण, परम्परा, तथा प्रणालीहरूमा सकारात्मक र दिगो परिवर्तन ल्याउने प्रक्रियालाई जनाइन्छ । जब कुनै समाज पुराना, रूढिवादी, विभेदकारी, अविकसित वा अव्यवस्थित संरचनाबाट नयाँ, समावेशी, न्यायपूर्ण र प्रगतिशील दिशातर्फ अघि बढ्छ, त्यसलाई समाज रूपान्तरण भनिन्छ ।
यस प्रक्रियामा शिक्षा, विज्ञान, प्रविधि, राजनीति, अर्थतन्त्र, संस्कृति, संचार, कानुन, मानव अधिकार, र समानताको भूमिका विशेष रहन्छ । उदाहरणका लागि, जातीय भेदभाव अन्त्य गर्नु, लैंगिक समानता सुनिश्चित गर्नु, बालविवाहजस्ता कुप्रथाको अन्त्य गर्नु, र सबै वर्गलाई समान अवसर उपलब्ध गराउनु समाज रूपान्तरणका संकेत हुन् ।
समाज रूपान्तरण केवल भौतिक विकास नभई, चेतनाको विकास र मानवीय मूल्यहरूको सम्मानमा आधारित परिवर्तन हो । यसले व्यक्ति, समुदाय र राष्ट्रलाई आत्मनिर्भर, विवेकी र उत्तरदायी बनाउँछ । यस अर्थमा, समाज रूपान्तरण भनेको सामाजिक अन्याय, असमानता, शोषण र अज्ञानता विरुद्धको चेतनायात्रा हो, जुन शिक्षित, सचेत र सशक्त नागरिकहरूले सम्भव बनाउँछन् ।
शिक्षा भनेको मात्र सैद्धान्तिक ज्ञान नभई सामाजिक, आर्थिक र सांस्कृतिक विकासको शक्तिशाली माध्यम हो जसले राष्ट्रलाई प्रगतिशील र समृद्ध बनाउँछ ।
शिक्षा र समाज रूपान्तरणबीचको सम्बन्ध
शिक्षा र समाज रूपान्तरणबीच गहिरो, अन्योन्याश्रित र अपरिहार्य सम्बन्ध रहेको छ । शिक्षा भनेको मानिसलाई ज्ञान, चेतना, विवेक, मूल्य र व्यवहार प्रदान गर्ने माध्यम हो, जसले व्यक्तिको सोच, दृष्टिकोण र जीवनशैलीमा परिवर्तन ल्याउँछ । जब व्यक्तिको सोचमा परिवर्तन आउँछ, तब समाजमा पनि परिवर्तनको लहर फैलिन्छ ।
शिक्षाले व्यक्तिमा आलोचनात्मक सोच, वैज्ञानिक दृष्टिकोण, विवेकशीलता, सामाजिक उत्तरदायित्व, समानताको भावना, सहिष्णुता, रचनात्मकता र नेतृत्व क्षमताको विकास गर्छ । यस्ता गुणहरू भएका व्यक्ति सामाजिक अन्याय, भेदभाव, अन्धविश्वास, हिंसा, अशिक्षा, जातीय तथा लैंगिक विभेद जस्ता विकृतिहरूको विरुद्ध उभिन सक्ने सामथ्र्य राख्छन् । यसैले शिक्षाले समाजमा विद्यमान समस्याहरूको समाधान खोज्न प्रेरित गर्छ र सामाजिक रूपान्तरणको आधार तयार गर्छ ।
उदाहरणका लागि, शिक्षित महिलाहरू अब परिवार र समाजमा निर्णय प्रक्रियामा सहभागी हुन थालेका छन्, जसले लैंगिक समानता प्रवद्र्धन गरेको छ । त्यसैगरी, दलित र सीमान्तकृत समुदायमा शिक्षा विस्तारले सामाजिक समावेशिता र समान अवसरका ढोका खोलिदिएको छ ।
शिक्षा विहीन समाज परिवर्तन गर्न असम्भवजस्तै हुन्छ, किनभने रूपान्तरणका लागि चेतना आवश्यक पर्छ, र चेतनाको मूल स्रोत नै शिक्षा हो । यसैले भन्न सकिन्छ, शिक्षा समाज रूपान्तरणको मेरुदण्ड हो—जहाँ शिक्षाले नै एक विवेकी, न्यायपूर्ण, समावेशी र प्रगतिशील समाजको निर्माण सम्भव बनाउँछ ।
नेपालको सन्दर्भमा शिक्षाको प्रभाव
नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त मुलुकमा शिक्षा विकास र रूपान्तरणको प्रमुख साधन हो । पछिल्ला केही दशकहरूमा नेपालको शैक्षिक पहुँचमा उल्लेखनीय सुधार आएको छ । विद्यालय र कलेजहरूको विस्तार, पाठ्यक्रमको परिमार्जन, बालिकाहरूको बढ्दो विद्यालय सहभागिता, प्रविधि–सम्बन्धी शिक्षा, तथा व्यावसायिक तालिमहरूले शिक्षा क्षेत्रको प्रभावलाई स्पष्ट रूपमा देखाएका छन् ।
शिक्षाको प्रभावले नेपाली समाजमा ठूला सामाजिक परिवर्तनहरू ल्याइरहेको छ । महिलाहरू शिक्षित बन्दै गएकाले उनीहरूको आत्मनिर्भरता र निर्णय क्षमतामा वृद्धि भएको छ । दलित, जनजाति र साना समुदायहरू शिक्षा मार्फत सामाजिक रूपमा सशक्त हुँदै गएका छन् । बालविवाह, छाउपडी, अन्धविश्वासजस्ता कुप्रथाहरू घट्दो छन्, जसको मूल कारण शिक्षित जनसंख्याको वृद्धि हो ।
साथै, शिक्षा प्राप्त जनशक्तिले रोजगारी र उद्यमशिलता बढाएको छ । प्रविधिमा आधारित व्यवसाय, कृषि, पर्यटन, सेवा क्षेत्र आदि क्षेत्रमा शिक्षित युवाहरूको सहभागिता बढेको छ । यद्यपि शिक्षाको गुणस्तर, पहुँच र समावेशीतामा अझै सुधार आवश्यक छ, तथापि शिक्षा नेपाली समाजलाई चेतनशील, विवेकी र उत्तरदायी बनाउने दिशामा अग्रसर गरिरहेको छ ।
यसैले, नेपालमा शिक्षा केवल पठनपाठनको माध्यम नभई समाज रूपान्तरण, आर्थिक विकास, लैंगिक समानता र राष्ट्रिय एकताको बलियो आधार बनेको छ ।
पोखराको सन्दर्भमा शिक्षाले ल्याएको रूपान्तरण
पोखरा, नेपालको एक प्रमुख शैक्षिक केन्द्रका रूपमा चिनिँदै आएको शहर हो, जहाँ शिक्षा क्षेत्रको तीव्र विकासले समाजमा महत्वपूर्ण रूपान्तरण ल्याएको छ । अघिल्लो दशकसम्म गाउँ–शहरको विभाजन, जातीय विभेद, लैंगिक असमानता र चेतनाको अभाव झल्किने पोखरा उपत्यका अहिले शिक्षाको प्रभावले समावेशी, सचेत र प्रगतिशील बन्दै गएको छ ।
शिक्षाण संस्थाहरूको वृद्धि, प्राविधिक तथा उच्च शिक्षाको पहुँच, निजी र सामुदायिक विद्यालयहरूको सञ्जाल विस्तार हुँदै जानुले पोखराको शैक्षिक छवि बलियो बनाएको छ । आज पोखरा सहरमा मात्र होइन, वरपरका ग्रामीण क्षेत्रहरूमा समेत विद्यालय र कलेज खुलेका छन्, जसले ग्रामीण युवाहरूमा चेतना, आत्मविश्वास र सम्भावनाको विकास गरेको छ ।
महिलाहरू उच्च शिक्षा हासिल गरी विभिन्न पेशागत क्षेत्रमा नेतृत्व लिन थालेका छन् । शिक्षित युवाहरू स्वरोजगार, सूचना प्रविधि, पर्यटन, व्यवसाय र सामाजिक सेवामा सक्रिय छन् । शिक्षाले जातीय सहिष्णुता, लैंगिक समानता र नागरिक अधिकारबारे सचेतना बढाएको छ ।
पोखरामा शिक्षाको प्रभावले सांस्कृतिक, आर्थिक र सामाजिक विकासलाई तीव्र बनाएको छ । यसले युवापुस्तालाई सिर्जनशील, विवेकी र जिम्मेवार बनाउँदै समाज रूपान्तरणको आधारशिला तयार गरेको छ । यसरी शिक्षा पोखरामा केवल ज्ञानको साधन होइन, सामाजिक परिवर्तन र समृद्धिको गतिशील शक्ति बनेको छ ।
शिक्षाको विविध पक्ष र समाजमा यसको प्रभाव
शिक्षाको विविध पक्षहरू समाजमा गहिरो र बहुआयामिक प्रभाव पार्ने महत्वपूर्ण साधन हुन् । शिक्षा केवल ज्ञानको संचय नभएर नैतिकता, व्यवहार, सामाजिक चेतना, व्यावसायिक दक्षता र वैज्ञानिक सोचको विकास गर्ने माध्यम हो । यसले व्यक्तिलाई आत्मनिर्भर, जिम्मेवार र समाजप्रति उत्तरदायी बनाउँछ । नैतिक शिक्षाले मानवीय मूल्य र सदाचार विकास गर्छ भने प्राविधिक शिक्षा व्यक्ति र समाजलाई आर्थिक रूपमा सशक्त बनाउँछ ।
शिक्षा राजनीतिक चेतना र लोकतान्त्रिक मूल्यहरूको प्रवद्र्धन गर्छ जसले सामाजिक न्याय र समानताका लागि योगदान पु¥याउँछ । वातावरणीय शिक्षा मार्फत मानिसहरूलाई प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने बानी बसालिन्छ । साथै, शिक्षा सामाजिक समावेशिता बढाउने, जातीय भेदभाव र अन्य सामाजिक विसंगतिहरू कम गर्ने शक्ति हो । शिक्षा नभएको समाजमा अज्ञानता, विभेद, बेरोजगारी, गरीबी र विसङ्गतिहरू बढ्न सक्छन् । त्यसैले, शिक्षा समाजलाई समृद्ध, न्यायपूर्ण र प्रगतिशील बनाउन अपरिहार्य छ । यसको कारणले शिक्षाले मात्र व्यक्ति र समाजलाई बदल्ने सामथ्र्य राख्छ र दिगो विकास र सामाजिक स्थिरताको आधारशिला तयार पार्दछ । यसकारण, शिक्षालाई सबैका लागि समान र गुणस्तरीय बनाउँदै समाजमा यसको पहुँच विस्तार गर्नु आजको प्रमुख आवश्यकता हो ।
चुनौतिहरू र शिक्षामा सुधारको आवश्यकता
शिक्षा क्षेत्रले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेले पनि नेपाल लगायत विकासोन्मुख देशहरूमा शिक्षालाई धेरै चुनौतीहरूले जकडेको छ, जसले गुणस्तर र पहुँच दुवैलाई प्रभावित गरेको छ । पहिलो चुनौती भनेको शिक्षाको गुणस्तरको अभाव हो, जहाँ सरकारी विद्यालयहरूमा शिक्षण सामग्री, शिक्षकको क्षमता र शैक्षिक वातावरणको कमी छ, जसले विद्यार्थीहरूलाई प्रभावकारी शिक्षा दिन सकिरहेको छैन । दोस्रो, शिक्षामा पहुँचको असमानता रहँदै आएको छ; विशेष गरी ग्रामीण, आदिवासी, दलित र अपाङ्ग वर्गका बालबालिकाहरू अझै पनि शिक्षाबाट वञ्चित छन् ।
तेस्रो, शिक्षाको अत्यधिक निजीकरणले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई शिक्षाबाट बाहिर निकाल्न बाध्य पारिरहेको छ, जसले सामाजिक विभेदलाई अझै गहिरो बनाउँछ । चौथो, पाठ्यक्रम र शिक्षण विधिमा नवीनता र व्यावहारिकता नहुनुले शिक्षालाई जीवन्त र उपयोगी बनाउन नसकेको समस्या छ । यसबाहेक, शिक्षकहरूको तालिम अभाव, अपर्याप्त पूर्वाधार, समयमै शिक्षण सामग्रीको उपलब्धता नहुनु, तथा शैक्षिक प्रशासनमा पारदर्शिताको कमी पनि ठूलो चुनौतीहरू हुन् ।
यसले विद्यार्थीहरूमा सिकाइको रुचि घटाउने, शिक्षा प्रणालीप्रति असन्तुष्टि बढाउने तथा समग्र शिक्षण प्रक्रिया कमजोर बनाउने काम गर्दछ । यी चुनौतीहरूलाई हटाउनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य छ । सुधारको रूपमा गुणस्तरीय शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु, समावेशी र व्यावहारिक पाठ्यक्रम विकास गर्नु, सरकारी विद्यालयमा पूर्वाधार र स्रोतको अभिवृद्धि गर्नु, सबै वर्गका बालबालिकाको लागि शिक्षा पहुँच सुनिश्चित गर्न विशेष योजना ल्याउनु, र निजी तथा सार्वजनिक क्षेत्रबीच सहयोग वृद्धि गर्नु आवश्यक छ । साथै, शिक्षामा प्रविधिको उचित प्रयोग गरी डिजिटल शिक्षा विस्तार गर्नुपर्ने छ जसले दुर्गम क्षेत्रका बालबालिकालाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकियोस् । यसरी शिक्षा सुधारको प्रक्रिया तीव्र र समन्वित रुपमा अघि बढाएमा मात्र शिक्षा क्षेत्रले समाज रूपान्तरणमा सशक्त भूमिका निर्वाह गर्न सक्नेछ र समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्नेछ ।
भावी रणनीति र सुझावहरु
शिक्षा क्षेत्रलाई सशक्त र समावेशी बनाउन भावी रणनीति र सुझावहरू आवश्यक छन् जसले दीगो विकास र समाज रूपान्तरणलाई सुनिश्चित गरोस् । सबैभन्दा पहिला, समावेशी शिक्षा नीति अपनाउनु अत्यन्त जरूरी छ जसले दलित, जनजाति, महिला, अपाङ्गता भएका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर समान अवसर प्रदान गरोस् । दोस्रो, स्थानीय आवश्यकता र संस्कृतिलाई मध्यनजर राखेर पाठ्यक्रम विकास गर्नु पर्नेछ जसले विद्यार्थीहरूको जीवनसँग मेल खाने ज्ञान र सीप प्रदान गरोस् । साथै, डिजिटल शिक्षा र प्रविधिको प्रयोग विस्तार गरेर दुर्गम तथा ग्रामीण क्षेत्रसम्म गुणस्तरीय शिक्षा पुर्याउने व्यवस्था गर्नुपर्छ ।
तेस्रो, शिक्षकहरूको पेशागत विकास र क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनु आवश्यक छ ताकि उनीहरूले आधुनिक शिक्षण विधि र प्रविधिहरूलाई सहजै अपनाउन सकून् । चौथो, सरकारी र निजी क्षेत्रबीच सहकार्य र साझेदारी बढाउनु पर्दछ जसले स्रोत र अनुभव साटासाट गरेर शिक्षा क्षेत्रलाई बलियो बनाउनेछ । त्यसैगरी, शिक्षामा अनुगमन र मूल्यांकन प्रणालीलाई सुदृढ बनाएर गुणस्तर कायम राख्नुपर्छ ।
अन्ततः, समाजमा शिक्षा प्रति चेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरी अभिभावक र समुदायको सहभागिता सुनिश्चित गर्नु जरुरी छ । यी सबै रणनीतिहरू अपनाएमा मात्र शिक्षा प्रणालीले सबैको पहुँचमा पुगेर व्यक्तिको पूर्ण विकासका साथै समग्र समाजलाई प्रगतिशील, न्यायपूर्ण र समृद्ध बनाउन सक्नेछ । यसरी शिक्षाले मात्र मानव जीवनलाई सशक्त बनाउन नभई राष्ट्रको उज्जवल भविष्यको निर्माण गर्ने आधारशिला तयार पार्न सक्छ ।
निष्कर्ष :
शिक्षा मानव जीवन र समाजको विकासका लागि अनिवार्य आधारशिला हो । यसले मात्र व्यक्तिको ज्ञान, सीप, नैतिकता र सामाजिक चेतना विकास गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । शिक्षा नभएको समाजमा अज्ञानता, विभेद, असमानता र अन्याय फैलिएर विकास र समृद्धि सम्भव हुँदैन । नेपालको सन्दर्भमा शिक्षा क्षेत्रले विगत केही दशकमा ठूलो प्रगति गरेको छ र यसले महिलाको सशक्तिकरण, जातीय समावेशिता, आर्थिक विकास र सामाजिक न्यायमा ठूला प्रभावहरू पारेको छ । विशेष गरी पोखराजस्तो शैक्षिक केन्द्रले समाजलाई समावेशी, प्रगतिशील र सचेत बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ ।
यद्यपि, शिक्षाको गुणस्तर, पहुँच र समावेशितामा अझै सुधार आवश्यक छ । गुणस्तरीय शिक्षक प्रशिक्षण, व्यावहारिक पाठ्यक्रम, प्रविधिको सदुपयोग, र समावेशी नीतिहरूले मात्र शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ । शिक्षा र समाज रूपान्तरणबीचको गहिरो सम्बन्धलाई ध्यानमा राख्दै शिक्षा सबैको पहुँचमा पुर्याउनु आजको आवश्यकताको रुपमा रहन्छ । समग्रमा, शिक्षा भनेको मात्र सैद्धान्तिक ज्ञान नभई सामाजिक, आर्थिक र सांस्कृतिक विकासको शक्तिशाली माध्यम हो जसले राष्ट्रलाई प्रगतिशील र समृद्ध बनाउँछ । यसकारण शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै सुधार र विस्तारमा निरन्तर प्रयास गर्नु आवश्यक छ ।
(अनुसन्धान विभाग प्रमुख, जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ मा अनुसन्धान् विभाग प्रमुख छन् । सँगै उनी टप्स सेकण्डरी स्कुल, रामघाट पोखराका सञ्चालक पनि हुन् ।)









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया