नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीको कार्यालय उद्घाटन र वृक्षरोपण

पोखरा ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर १ बगरमा नयाँ कार्यालयको उद्घाटन गरेको छ । सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित ग्यारजती शिवालय मन्दिर परिसरमा वृक्षरोपण गरेको कार्यक्रमका संयोजक दयाशंकर गौतम जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल राज काफ्ले थिए । उनले वन पैदावार उद्योगलाई वन संरक्षण र हरियाली प्रवद्र्धनसँग जोडेर लैजानुपर्ने बताए । ‘वृक्षरोपण केवल कार्यक्रमका लागि नभई वातावरणीय सन्तुलन र भावी पुस्ताका लागि जीवनदायिनी अभ्यास हो,’ उनले भने ।
वृक्षरोपण कार्यक्रममा विभिन्न ४० प्रजातिका बिरुवा रोपिएको संयोजक गौतमले जानकारी दिए । संघका अध्यक्ष नरबहादुर गुरुङले कार्यक्रमको उद्देश्य र संघका भावी योजनाका बारेमा प्रकाश पारेका थिए । उनले वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र व्यवसाय प्रवद्र्धनबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना तथा वन विज्ञान अध्ययन संस्थानका सहायक प्राध्यापक डा. जीत नारायण शाहले वृक्षरोपणको आवश्यकता र वैज्ञानिक महत्वमाथि बोलेका थिए ।
कार्यक्रममा सवडिभिजन वन कार्यालय फेवाका प्रमुख प्रगति शर्मा, लेखनाथका सरोज जमरकट्टेल, पोखराका प्रतिक्षा पनेरु, मादीका गणेश बहादुर कार्की र रुपाका सुदीप राज रेग्मीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, वन अधिकृतहरू हरिप्रसाद गौतम, राजेन्द्र शमी र माधवी खड्का, फर्निचर तथा फिनिसिङ व्यवसायी संघका अध्यक्ष थोमनाथ अर्याल, महासंघका सल्लाहकार शिवप्रसाद पराजुली र सह–कोषाध्यक्ष रेशमराज ज्ञवाली वृक्षरोपण कार्यक्रममा पुगेका थिए ।

ग्यारजति टोल विकास संस्थाका अध्यक्ष भरतबहादुर थापा र शिवमन्दिर व्यवस्थापन समितिका कन्या कमल थापाकोसमेत उपस्थिति थियो । कार्यक्रमका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष दया शंकर गौतमले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन संघका सचिव शक्ति बरालले गरेका थिए ।









कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया