पत्रकार प्रतीकलाई मातृशोक
समाधान संवाददाता
२०८२ साउन १७ गते १६:०६

पोखरा ।
वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक परेको छ । उनकी आमा विष्णुमाया खनालको ९० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्वर्गीय खनालका ५ छोरा र २ छोरी छन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत रहेका प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद जेठा हुन् । माहिला रामजी, साहिँला सुरेन्द्र, काहिँला केदार र कान्छा प्रेमविनोद खनाल हुन् । तुलसी पराजुली र सरिता बास्तोला २ छोरी छन् ।
३ साताअघि सामान्य बिरामी परेकी विष्णुमाया पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घरमा आराम गरिरहेकी थिइन् ।
खनाल परिवारको मूल घर कास्कीको रुपा हो । स्व. विष्णुमायाको शुक्रबार सेतीनदीमा अन्त्येष्टि गरिएको छ ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया