रोटरी क्लबद्वारा दुर्गा भवानी विद्यालयलाई पंखा हस्तान्तरण

पोखरा।
रोटरी क्लब अफ पोखरा भ्यालीले अन्नपूर्ण गाउँपालिका-२ स्थित दुर्गा भवानी आदर्श सामुदायिक विद्यालयलाई १२ कक्षाकोठाका लागि पंखा हस्तान्तरण गरेको छ। क्लबले साउन १६ गते आयोजित एक कार्यक्रमबीच विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले रोटरी क्लबको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता महत्त्वपूर्ण काम गर्न प्रोत्साहन दिइन्। यसैगरी, अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने यस्ता कार्यको सराहना गरे।

अन्नपूर्ण-२ का वडाध्यक्ष पिताम्बर भण्डारीले विद्यालयलाई गरिएको सहयोगका लागि रोटरी क्लबप्रति वडाको तर्फबाट धन्यवाद ज्ञापन गरे। रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष कृष्णहरि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया अधिकारी, संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मी, डिस्ट्रिक्ट अफिसर डिल्ली अधिकारी, निर्वाचित अध्यक्ष नवीन बराल लगायतले बोल्दै रोटरी क्लबको सामाजिक भूमिका र दुर्गा भवानी विद्यालय उत्कृष्ट सामुदायिक विद्यालय रहेकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा मनोनीत अध्यक्ष माधव बराल, अनिश गौतम, झंकनाथ बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य, क्लबका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक वेदहरि तिमिल्सिनाले रोटरी क्लबको सहयोगले विद्यार्थीलाई पढ्न सहज हुने विश्वास व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक होमनाथ अधिकारीले विद्यालयको तर्फबाट सबैलाई धन्यवाद दिए। कार्यक्रमको सञ्चालन क्लबका सहसचिव रिना पौडेलले गरेकी थिइन्।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया