बुटिक व्यवसायमा जनशक्ति अभाव छः चिनु गुरुङ

समाधान संवाददाता, पाेखरा
पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले बुटिक व्यवसायमा जनशक्ति अभाव रहेको बताउनुभएको छ ।
पोखरा–८, सुन्दरमार्गस्थित ग्लोरी फेशन होमको सातौं वार्षिकोत्सवका अवसरमा बोल्दै उपमहासचिव गुरुङले बुटिक व्यवसायमा आवश्यक जनशक्ति पोखरा बाहिर त्यसमा पनि अझ देश बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । स्वदेशमै जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले स्वदेशी जनशक्ति उत्पादन भएको खण्डमा बुटिक व्यवसाय अघि बढाउन अझै सहज हुने धारणा व्यक्त गर्नुभयो ।
पछिल्लो समय बुटिक व्यवसाय फस्टाउँदै जान थालेको बताउँदै वरिष्ठ सौन्दर्यकर्मी समेत रहनुभएकी गुरुङले उचित लगानी र सो अनुसारको बजारीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयो । व्यवसायमैत्री वातावरण निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघले सधैं लडिरहेको उल्लेख गर्दै उहाँले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पुर्याउने कुरामा आफूहरूले अगुवाइ गर्ने भनाइ राख्नुभयो ।
बुटिक एशोसिएसन नेपाल, पोखराकी अध्यक्ष सुष्मा पाण्डे थापाले बुटिक व्यवसायमा अवसरसँगै चुनौती समेत बढेको बताउँदै लगानी सुरक्षा व्यवसायीका लागि मुख्य चुनौती भएको उल्लेख गर्नुभयो । ग्लोरी फेशन होमकी सञ्चालिका शान्ति श्रीसले चाहेको खण्डमा व्यवसाय गर्न सकिन्छ भन्ने प्रमाणित गर्न खोजेको बताउनुभयो । दुई जना कर्मचारीबाट सुरु गरेको व्यवसायमा सातौं वर्ष पूरा गर्दासम्म आठ जना कर्मचारी कार्यरत रहेको बताउँदै ग्राहकको विश्वास र शुभेच्छुकको साथले आफू सफल भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष विनोदप्रसाद हेजू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी ‘आस्था’ मगर, सबिता बराललगायतले बोल्नुभएको थियो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया