विजयपुर खोलामा पार्क निर्माण

लेखनाथ ।
पोखरा २६ को सक्नेरी नजिक विजयपुर खोलाको डिलको मुहार फेरिएको छ । खोलाको डिलमा पोखरा महानगरपालिका वडा नम्वर २६ र स्थानियको जनश्रमदानबाट पार्क निर्माण गरेपछि त्यस क्षेत्रको स्वरुप नै बदलिएको हो ।
खोलाको डिल तर्फ तार वार सहितको व्यवस्थीत सक्नेरी मिलन चौतारी पार्क निर्माण भएपछि जो कोही पनि पार्क भित्र छिरेर दृष्यावलोकन गर्न रुचाउछन् । पार्क भित्र हरियारी चौतारा, वाल उद्धान, खुल्ला व्यायमशाला, प्रतिक्षालय र शौचालयको निर्माणले पार्कलाई थप आर्कषण बनाएको छ ।
खोलाको डिल तर्फको भागमा दैनिक रुपमा एक दुईवटा घटना घटिरहने र अवान्छीत क्रियाकलाप समेत हुने गरेकाले यसको नियन्त्रण र रोकथामका लागि स्थानियले वडा कार्यालयमा सहयोगका लागि याचना गरेपछि पोखरा महानगरपालिका वडा नं २६ को एक करोड ३५ लाख ९० हजारको आर्थीक सहयोग र स्थानियको २७ लाख १६ हजार पाँच सयको जन सहभागीतामा पार्क निर्माण गरिएको हो ।
पार्कको शनिबार पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् । अध्यक्ष थापाले निर्वाचनको समयमा आफुले गरेका प्रचिवद्धताहरु क्रमस पुरा गर्दै गएको र हामीले जित्दा कसैले हार्नु पर्दैन भनेकाले अव बाकी रहेका अन्य विकास निर्माणका काम पनि पुरा गरेर छाड्ने घोषणा गरेका थिए । साथै उनले जनप्रतिनिधी भईसकेपछि शासक होईन सेवक भएर काम गर्न रुचाउने विचार राखेका थिए ।
पार्क ब्यवस्थापन समितिका अध्यक्ष पुर्णवहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ राजभाट, लेखनाथ खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष मुरारी शर्मा, समितिका सल्लाहकार भक्तवहादुर कार्की,खेम प्रसाद भण्डारी, उज्ज्वल आमा समुहकी उपाध्यक्ष सारदा वराल, सक्नेरी टोल विकास सस्थाका कार्यवाहक अध्यक्ष राममणि वराल,रामज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापा, भगवती हाईडोपावरका निर्देशक वशन्तमोहन भटराई लगाएतले विकासका लागि जनसहभागीता भयो भने वडाको सानो लगानीले पनि ठुलो काम हुने विश्वास व्यक्त गरेका थिए ।
सक्नेरी मिलन चौतारी पार्क निर्माृण समितिका कोषाध्यक्ष हनरी क्याप्टने गंगाबहादुर थापा क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सल्लाहकार कृष्ण अधिकारीले गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया