नेत्रहीन क्लबलाई म्युजिक सामग्री

समाधान संवाददाता, पोखरा
नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसनले नेत्रहीन छात्रबासमा एफएनबिएस म्युजिक क्लब गठन गरी वाध्यवादन सामग्री सहयोग गरेको छ ।
फाउन्डेसनले अमरसिंह मावि, कुँडहर आधारभूत विद्यालय र जनप्रकाश मावि भण्डारढिकलाई ५० हजार रुपैयाँको म्युजिक सामग्री सहयोग गरेको हो । फाउन्डेसनले ३ महिने संगीत प्रशिक्षणको समेत व्यवस्थापन गरेको छ ।
गण्डकी विकास बैंकबाट प्राप्त १ लाख २४ हजार रकमबाट सहयोग गरेको कार्यकम संयोजक शिवलाल धितालले जानकारी दिए । हस्तान्तरण सभामा गण्डकी विकास बैंकका अध्यक्ष सुशील गौचनले राज्यको ध्यान पुग्न नसकेको संवेदनशील विषयमा नेत्रहीन फाउन्डेसनले सहयोग गरेको बताए ।
फाउन्डेसनका संस्थापक शिवलाल धितालले एफएनबिएस म्युजिक क्लबमार्फत् रचनात्मक सहयोगलाई निरन्तरता दिने बताए । संस्थाका अध्यक्ष सूर्य क्षेत्रीको अध्यक्षततामा भएको ३ वटै विद्यालयको छुट्टा छ्ट्टै कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले आवश्यकता र खाँचो हेरेर सहयोग गर्नुपर्ने बताइन् ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया