मौलिक तीज गीत ’बरिलै सैंया’ सार्वजनिक

पोखरा ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ’बरिलै सैंया’ सार्वजनिक भएको छ ।
त्रिवेणी संगीतको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा पुरानो मौलिक भाकालाई प्रस्तुत गरिएको छ ।
नवराज बराल र सुकु हिराचनको शब्द तथा लय रहेको गीतमा पिंगला भट्ट, रिता काफ्ले, दिपा शर्मा, सानु जोजीजु, तुलसी शर्मा र सुकु हिराचनको आवाज रहेको छ ।
गीत सार्वजनिक भएको केही समयमा नै गीत चर्चित बनेको छ भने टिकटकमा समेत चर्चा बटुलेको छ । अहिले बजारमा आएका गीतभन्दा फरक र मौलिक खालको भएकाले पनि गीतले राम्रै भ्युज र चर्चा बटुलेको बताइएको छ ।
बाँसुरी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । प्रतिष्ठा कंडेल र श्वेता शर्माको नृत्य रहेको भिडियोको निर्देशन आर एन ढकालले गरेका छन् ।
गीतको एरेन्ज दिवस थापा मगर, मिक्सिङ गोविन्द वली, भिडियोग्राफी इश्वर श्रेष्ठ र पोष्ट पोडक्सन फलानो क्रियसनले गरेको हो ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया