लिटिल स्टेप माविमा बधाई कार्यक्रम

पोखरा ।
पोखरा–८, सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले २०८१ सालको कक्षा १२ को बोर्ड परीक्षामा विद्यालयबाट सम्मिलित भई समुत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङले विद्यालयले आफ्नो ४३ वर्षको शैक्षिक यात्रामा धेरै उकालीओराली सामना गरेको र आफूले सदैव अभिभावक र शिक्षाविद्बाट साथ र समर्थन प्राप्त गरेको भन्दै सफल विद्यार्थी तथा अभिभावकलाई बधाई दिए ।
कार्यक्रममा संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यार्थी र अभिभावकको दशक लामो शैक्षिक यात्राको एक चरण सम्पन्न भएकोमा बधाई दिँदै उच्च शिक्षाको आगामी यात्रामा सफलताको शुभकामना व्यक्त गरिन् । त्यसैगरी कार्यक्रमका प्रमुख वक्ता डा. भीमनाथ बरालले कक्षा १२ पछिको अध्ययनको क्षेत्र छनोट गर्ने काम निकै चुनौतीपूर्ण हुने हुँदा उच्च शिक्षाका लागि विषय र शैक्षिक संस्थाको छनोटमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले प्रतिस्पर्धात्मक विश्व बजारमा प्रतिस्पर्धी बनाइराख्न निरन्तर साधना र संस्थामा प्राध्यापनरत सदस्यहरुको छनोटमा विचार पु¥याउन पर्ने बताउँदै समुत्तीर्ण विद्यार्थी एवम् अभिभावकलाई बधाई दिए । यसैगरी पोखरा लिंकन इन्टरनेसनल कलेजका संयोजक ईश्वर सुवेदीले कलेजमा सञ्चालित बिबिए, बिएचएम, बिसिएस आइटी तथा एमबिए कार्यक्रमका बारेमा प्रकाश पारे ।
विद्यार्थीको तर्फबाट प्रथम विद्यार्थी सविना क्षेत्रीले विद्यालय, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा प्लस टु उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई खादा तथा अबिरद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक विनोद गिरीले गरेका थिए । विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व कर्णेल उदिमबहादुर गुरुङ प्रमुख अतिथि थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया