उच्च अदालतमा २७ न्यायाधीश सिफारिस, परिषद्का सचिव पहिलो नम्बरमा

पोखरा । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। सिफारिसको पहिलो नम्बरमा परिषद्का सचिव यमबहादुर बुढामगर परेका छन्। उनी न्यायाधीशको उम्मेदवार भएकाले परिषद्को बैठकमा सहभागी भएनन्। उनको सट्टामा सहसचिव अशोककुमार क्षेत्रीले निर्णय लेखेका थिए।
सिफारिस हुनेहरूमा जिल्ला न्यायाधीशबाट १६ जना, कानुन व्यवसायीबाट ६ जना र न्याय सेवाका कर्मचारीबाट ५ जना रहेका छन्।
जिल्ला न्यायाधीशबाट सिफारिस हुनेमा धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोला पहिलो नम्बरमा छन्। वरीयता र कार्यक्षमतामा अगाडि भए पनि उनी यसअघि छुटेका थिए। यसैगरी, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराईको नाम सिफारिस भएको छ।
न्याय सेवाका कर्मचारीबाट सिफारिस हुनेमा विशिष्ट श्रेणीका अधिकृत बुढामगर एक्ला हुन्। अन्य कर्मचारीहरूमा उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री रहेका छन्।
त्यस्तै, कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट (काठमाडौं), प्रतापसिंह ठकुराठी (कञ्चनपुर), बालकृष्ण गैरे (नवलपरासी), निशा बानियाँ (कास्की), श्यामकुमार विश्वकर्मा (संखुवासभा) र अरुणकुमार पञ्जियार (धनुषा) सिफारिसमा परेका छन्।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया