सहसचिव मनमायाले ल्याइन् गाउँ रित्तिएको पीडा बोकेको तीज गीत

समाधान संवाददाता २०८२ साउन २८ गते १२:५७

काठमाडौं । निजामती सेवाकी सहसचिव मनमाया पंगेनीले आउँदै गरेको तीजलाई लक्षित गर्दै मर्मस्पर्शी गीत बजारमा ल्याएकी छिन् । ‘तीजको लहर आयो गाउँ शहर’ बोलको गीतमा उनले रित्तिँदै गएका गाउँघरको पीडा र वैदेशिक रोजगारीको यथार्थलाई समेटेकी छिन् ।

गीतमार्फत गायिका पंगेनीले युवाविहीन गाउँको दुरावस्था, बिरामी पर्दा रगत समेत नपाउने अवस्था र विदेशिएका दाजुलाई देश फर्कन बहिनीले गरेको मार्मिक अपिललाई प्रस्तुत गरेकी छिन् । ‘तीजमा चेलीलाई गरगहनाभन्दा माइतीको माया नै सबैभन्दा ठूलो हुन्छ भन्ने सन्देश दिन खोजेकी हुँ,’ उनले भनिन् ।

पंगेनीकै शब्द तथा स्वर रहेको गीतमा दीपकराज बीसीले संगीत भरेका छन् । मनमाया र शिव पंगेनीको अभिनय रहेको भिडिओ उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement

गण्डकी प्रदेशकी पूर्व सचिवसमेत रहेकी पंगेनीका ‘तिम्रो मायाको सागर’, ‘मेरा सबै खोसी लग्यो’ लगायतका गीत यसअघि नै चर्चित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया