कक्षा १२ पछि कुन विषय पढ्ने, कहाँ पढ्ने, कस्तो कलेज रोज्ने ?

विषय प्रवेश
राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको कक्षा १२ को नतिजा सोमवार सार्वजनिक गरेको छ । यस वर्ष नियमिततर्फ परीक्षा दिएका ३,९६,३४७ विद्यार्थीमध्ये २,४२,४६५ जना (६१.१७ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् । आंशिकतर्फ सहभागी १,१४,६४० विद्यार्थीमध्ये ४१,८४० जना (३६.४९ प्रतिशत) ले ग्रेड प्राप्त गरेका छन् । यसरी नियमित तथा आंशिक परीक्षार्थी गरी कुल २,८४,३०५ विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्षको तुलनामा यस वर्ष उच्च शिक्षाका लागि भर्ना योग्य विद्यार्थीको प्रतिशतमा ९.०२ प्रतिशतको वृद्धि देखिएको छ ।
यस वर्ष ३.६१–४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १३,५०२ रहेको छ । त्यस्तै ३.२१–३.६० जीपीए ल्याउने विद्यार्थी ५५,८९६ जना छन् । २.८१–३.२० जीपीए समूहमा ६९,८१२ विद्यार्थी परेका छन् । २.०१–२.४० जीपीए ल्याउने ८,९६४ जना र १.६१–२.०० जीपीए ल्याउने केवल २३ विद्यार्थी रहेका छन् ।
कुल ५,१०,९८७ परीक्षार्थीमध्ये नियमिततर्फ १,५३,८८२ र आंशिकतर्फ ७२,८०० गरी २,२६,६८२ विद्यार्थी ‘ननग्रेडेड’ रहेका छन् । दुई विषयसम्म ननग्रेडेड भएकाहरूका लागि भदौ २८ र २९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा ननग्रेडेड भएका विद्यार्थीले आगामी वैशाखमा हुने नियमित वार्षिक परीक्षामै सहभागी हुन पाउने छन् ।
परीक्षा बोर्डका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी, लेखा, सामाजिक शिक्षा, नेपाली, अर्थशास्त्र, बिजनेस स्टडिज तथा गणित विषयमा ‘ननग्रेडेड’ भएका छन् । अंग्रेजीमा ६६ हजार, लेखामा ४१ हजार, सामाजिक शिक्षामा ३३ हजार ९ सय, नेपालीमा २८ हजार ३ सय, अर्थशास्त्रमा १७ हजार ७ सय, बिजनेस स्टडिजमा १० हजार र गणितमा ९ हजार ५ सय विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । यो तथ्यले देखाउँछ कि ती विषयमा पाठ्यक्रमको स्पष्टता, शिक्षण विधिको प्रभावकारिता, तथा मूल्यांकन प्रणालीमा सुधारको आवश्यकता छ ।
नतिजा केवल अंकको सूची होइन यो एक जीवनको परिवर्तनकालीन मोड हो । यही मोडबाट विद्यार्थीहरूले नयाँ अध्यायमा पाइला चाल्ने तयारी गर्छन् । यस्तो संवेदनशील घडीमा अभिभावकहरू आफ्ना सन्तानको भविष्यप्रति अझ बढी चिन्तित हुन्छन् । अब के पढ्नेरु कुन विषय रोज्नेरु कुन संस्थामा अध्ययन गर्नेरु नेपालमै सम्भावना खोज्ने कि विदेशतिर जानेरु यी सबै प्रश्नहरूको बिचबाट विवेकी निर्णय निकाल्नुपर्ने चुनौती उपस्थित छ ।
अब कुन विषय रोज्ने ? कसरी निर्णय गर्ने ?
कक्षा १२ पछि उठ्ने सबैभन्दा जटिल र निर्णायक प्रश्न हो अब कुन विषय पढ्नेरु विषय चयन गर्नु केवल अध्ययनको निरन्तरता मात्र होइन, जीवनको दिशा निर्धारण गर्ने एक महत्त्वपूर्ण मोड पनि हो । यस निर्णयमा अपनाइने सावधानी, सोचाइ र विवेकले दीर्घकालीन सन्तुष्टि वा पश्चातापको आधार तय गर्छ ।
विषय छनोट गर्दा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न त्यसप्रतिको निकटता आवश्यक हुन्छ । विज्ञान पढेका विद्यार्थी व्यवस्थापन वा सूचना प्रविधिको क्षेत्रमा रमाउन सक्छन्, र मानविकीमा आधारित विद्यार्थीहरूले सामाजिक अनुसन्धान वा सञ्चार क्षेत्रमा भविष्य देख्न सक्छन् । त्यसैले पहिलो प्रश्न हुनुपर्छ म कुन कुरामा रमाउँछुरु के पढ्दा मलाई घण्टौँ बित्दा पनि थाहा नहुने अवस्था सिर्जना हुन्छरु आफूले कुन क्षेत्रमा काम गर्न चाहन्छु भन्ने स्पष्टता छ भने विषय चयन सहज हुन्छ ।
उदाहरणका लागि, चिकित्सा क्षेत्रमा जान चाहने विद्यार्थीले विज्ञान पढ्नैपर्छ । व्यवसाय, व्यवस्थापन वा पर्यटनप्रति रुचि राख्नेले बिबिए, बिबिएस, बिएचएम जस्ता कोर्सहरू चयन गर्नुपर्छ । विषयसँग सम्बन्धित अध्ययन खर्च, अतिरिक्त तालिम, आवश्यक उपकरण, वा विदेशको तयारीजस्ता पक्षहरू पारिवारिक सन्दर्भमा हेर्नुपर्छ । आर्थिक रूपमा सशक्त परिवारका लागि विकल्पहरू फराकिलो हुन सक्छन्, तर सीमित स्रोत भएका विद्यार्थीहरू पनि ठोस योजना, छात्रवृत्ति तथा सहायक कार्यक्रममार्फत लक्ष्यमा पुग्न सक्छन् ।
विषय छनोट गर्दा त्यसको व्यावहारिक उपयोगिता, रोजगारीको सम्भावना र प्रविधिसँगको सम्बन्ध समेत विचार गर्न आवश्यक छ । उदाहरणका लागि सूचना प्रविधि, स्वास्थ्य सेवा, कृषि प्रविधि, वातावरणीय अध्ययनजस्ता क्षेत्रहरू भविष्यप्रवण मानिन्छन् ।
केवल अंकको आधारमा वा साथीको पछिपछि लागेर निर्णय गर्नु जोखिमपूर्ण हुन सक्छ । यसको सट्टा शिक्षक, करियर काउन्सेलर, अनुभवी अभिभावक वा आफूले रुचाएको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूसँग परामर्श गर्नु उपयोगी हुन्छ । अन्ततः निर्णय विद्यार्थी आफैँले गर्नुपर्ने हुन्छ, तर सही जानकारी र मार्गदर्शन अत्यावश्यक छ ।
आजका लोकप्रिय अध्ययन क्षेत्रहरूमध्ये विज्ञान संकाय (जस्तै बिएससी, एमबिबिएस, इन्जिनियरिङ) रोज्ने विद्यार्थीहरू स्वास्थ्य सेवा, प्रविधि क्षेत्र तथा वैज्ञानिक अनुसन्धानमा अघि बढ्न सक्छन् । व्यवस्थापन संकाय (जस्तै बिबए, बिबिएस, सिए, एसिसिए) चयन गर्नेले व्यवसाय व्यवस्थापन, वित्तीय सेवा तथा प्रशासनिक क्षेत्रमा अवसर खोज्न सक्छन् । मानविकी वा सामाजिक शास्त्र अध्ययन गर्ने विद्यार्थीहरू कानुन, सञ्चार, परामर्श तथा सामाजिक विकासका क्षेत्रमा संलग्न हुन सक्छन्।
सूचना प्रविधि सम्बन्धी कोर्सहरू (जस्तै बिएससी, सिएसआइटी, बिआइटी, बिआइएम) मा अध्ययन गर्नेले सफ्टवेयर विकास, डेटा विज्ञान तथा आईटी कम्पनीहरूमा भविष्य निर्माण गर्न सक्छन् । प्राविधिक वा व्यावसायिक कार्यक्रमहरू (जस्तै वन विज्ञान, नर्सिङ्ग, कृषि) रोज्ने विद्यार्थीहरूले व्यवहारिक सीपमा आधारित सेवा मूलक क्षेत्रमा करियर बनाउन सक्छन् ।
सही विषय चयनको मूल मन्त्र हो “आफ्नो आत्मालाई बुझ्ने, अवसरलाई चिन्ने, र संकल्पमा अडिग रहने ।” जसले रुचिलाई क्षमतामा, क्षमतालाई कर्ममा, र कर्मलाई करियरमा रुपान्तरण गर्न सक्छ, ऊ नै सफलताको मार्गमा अगाडि बढ्छ । विषयलाई बोझ होइन, अवसरको ढोका ठान्नुपर्छ । हरेक विषयमा सम्भावना छ शर्त केवल यति हो कि त्यसमा आफुले आफैलाई देख्न सक्नुपर्छ ।
विषय छनोट गर्दा त्यसको व्यावहारिक उपयोगिता, रोजगारीको सम्भावना र प्रविधिसँगको सम्बन्ध समेत विचार गर्न आवश्यक छ ।
अब कुन क्याम्पस रोज्ने ?
कक्षा १२ पछि विद्यार्थीका लागि अर्को ठूलो निर्णय हो कुन कलेज वा विश्वविद्यालयमा अन्डरग्राजुएट कोर्ष अध्ययन गर्नेरु सही शिक्षण संस्थाको छनोटले विद्यार्थीको शैक्षिक गुणस्तर, सीप विकास, करियरको आधार र समग्र व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्दछ । त्यसैले कलेज चयन केवल नाम चलेको वा सस्तोरमहँगो भन्ने आधारमा होइन, बहुआयामिक मूल्याङ्कनको आधारमा गरिनुपर्छ । कलेज छनोट गर्दा विचार गर्नुपर्ने प्रमुख पक्षहरू निम्न हुन् ।
१. पाठ्यक्रमको स्तर र सम्बन्धनस् कलेज वा विश्वविद्यालयले कस्तो पाठ्यक्रम सञ्चालन गरिरहेको छरु उक्त पाठ्यक्रमको गुणस्तर, नवीनता, र व्यवहारिकता जाँच्नुपर्छ ।
२. शिक्षकमण्डलको योग्यतास् अध्यापन गराउने प्राध्यापकहरूको शैक्षिक योग्यता, अनुभव र समर्पणले संस्थाको स्तर निर्धारण गरेको हुन्छ ।
३. शैक्षिक उपलब्धि र वातावरणस् कलेजको बोर्ड नतिजा, विद्यार्थी सन्तुष्टि, प्रतिस्पर्धात्मक र प्रेरणादायी शैक्षिक वातावरण, समयपालन, नियमितता, तथा अनुशासन पनि महत्त्वपूर्ण पक्ष हुन् ।
४. सुविधा र स्रोतहरूस् पुस्तकालय, प्रयोगशाला, कम्प्युटर सुविधा, सूचना प्रविधिको पहुँच, विद्यार्थी सहयोग सेवा आदिको सहजता र प्रभावकारिता बुझ्नुपर्छ । विज्ञान वा प्राविधिक स्ट्रीमका लागि सशक्त प्रयोगशाला अनिवार्य हुन्छ ।
५. करियर निर्माणका अवसरहरूस् के संस्थाले विद्यार्थीलाई करियर सल्लाह, इन्टर्नसिप, रोजगारी वा इन्क्युबेसनजस्ता सेवाहरू प्रदान गर्छरु के व्यावसायिक सञ्जाल विस्तारका अवसर छन्रु
६. स्थान र खर्चस् कलेजको भौगोलिक स्थान, यातायात सुविधा, आवास व्यवस्थापन, अध्ययन खर्च, तथा विद्यार्थी जीवनमा पर्ने प्रभावहरू यथोचित ढंगमा मूल्याङ्कन गर्नुपर्छ । टाढा भए पनि गुणस्तरीय शिक्षाको लागि बसाइँ सर्नु लाभदायक हुन सक्छ ।
७. विश्वविद्यालय सम्बन्धन र प्रमाणपत्र मान्यतास् कलेज कुन विश्वविद्यालयअन्तर्गत संचालित छरु सम्बन्धन प्राप्त छ कि छैनरु विवादमा रहेका वा सम्बन्धन गुमाएका संस्थाहरूबाट सावधानीपूर्वक टाढा रहनुपर्छ, जसले भविष्यको प्रमाणपत्रको मान्यता र विदेश अध्ययनमा असर पार्न सक्छ ।
नेपालमै अवसर खोज्न र विदेशको विकल्पबारे विवेकपूर्ण निर्णय आवश्यक छ । आज नेपालमा अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रमहरू जस्तै ए(लेवल, आइबि, बिबिए (इन्टरनेशनल सञ्चालन गरिने गुणस्तरीय कलेजहरू उपलब्ध छन् । साथै, केही विदेशी विश्वविद्यालयहरूका शाखाहरू पनि नेपालमै स्थापना हुन थालेका छन् । त्यसैले विदेश जाने निर्णय गर्नु अघि नेपालमै उपलब्ध अवसरहरूको गहिरो मूल्याङ्कन गर्नु अपरिहार्य हुन्छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले लक्षित देशको भाषा, संस्कृति, शिक्षा खर्च, छात्रवृत्ति सुविधा र आप्रवासन नीतिबारे सूक्ष्म जानकारी हासिल गर्नुपर्छ ।
कलेज चयन क्षणिक विकल्प होइन यो दीर्घकालीन प्रभाव पार्ने जीवनको महत्वपूर्ण मोड हो । साथीको सल्लाह, प्रचारको प्रभाव वा ब्रान्ड मोहमा नफसी, निर्णय तर्क, अनुसन्धान र आत्मविश्लेषणको आधारमा गर्नुपर्छ । सही कलेज त्यही हो, जहाँ तपाईंको रुचि, क्षमता र सपना तीनवटैलाई फल्न सक्ने वातावरण हुन्छ । विषय वा संस्था कुनै बोझ होइन, सम्भावनाको ढोका हो । हरेक क्षेत्रमा संभावना हुन्छ सर्त केवल यति हो कि तपाईं त्यसमा आफ्नै भविष्य देख्न सक्नुहुन्छ ।
माइग्रेसन माइन्डसेट ( विदेश जाने कि देशमै अवसर खोज्ने )
नेपालका युवाहरूमा कक्षा १२ पछिको अध्ययन र भविष्यको करियरप्रति विदेश जाने झुकाव वा मनोवृत्ति देखिन्छ जसलाई पछिल्लो समय माइग्रेसन माइूःष्नचबतष्यल ःष्लमकभतू भनिन्छ । हरेक वर्ष हजारौँ नेपाली विद्यार्थी उच्च शिक्षा, रोजगारी, वा जीवनस्तर उकास्ने आशामा विदेशी भूमिमा पाइला टेक्छन् ।
विद्यार्थीहरूमा विदेश जानु प्रतिष्ठाको विषय बन्न थालेको छ । धेरै अभिभावक स्वयं सन्तान विदेश जाओस् भन्ने सोच राख्छन् । विद्यार्थीहरू मात्रै होइन, सम्पूर्ण परिवारले विदेशलाई आर्थिक सुधारको साधनका रूपमा हेर्ने गरेका छन् । फलस्वरूप विद्यार्थीहरू अध्ययनको नाममा विदेश पुगे पनि लक्ष अध्ययनभन्दा काम गर्ने हुन्छ । अस्थिर राजनीति, बेरोजगारी, पारदर्शिताको अभाव, र अवसर सिमितताको कारण देशप्रति मोहभंग हुँदै गएको देखिन्छ ।
विदेश जाने सोच आफैंमा गलत होइन । तर “कसरी, किन, कहिले, र कहाँ” भन्ने प्रश्नहरूको स्पष्ट उत्तर बिना गरिएको निर्णयले विद्यार्थीको जीवन अनिश्चित र समस्याग्रस्त बन्न सक्छ । त्यसैले निम्न उपायहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ :
१. विदेशमा अध्ययन, सीप वा अनुभव हासिल गर्नु राम्रो कुरा हो । तर त्यसपछि त्यो सीप र ज्ञानलाई नेपालमै प्रयोग गर्ने सोच पनि सँगै विकास गर्नुपर्छ । विदेशलाई लक्ष्य होइन, साधनको रूपमा हेर्नु आवश्यक छ ।
२. सरकार, शैक्षिक संस्था, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारहरूले मिलेर देशमै दक्ष जनशक्तिको माग र आपूर्तिको सन्तुलन मिलाउनुपर्ने समय आएको छ । देशमै गुणस्तरीय अवसर सिर्जना गर्ने नीति र पहलहरू अनिवार्य बन्नुपर्छ।
३. विद्यार्थीहरूले विदेश जानुअघि आफ्ना बलिया पक्ष, कमजोरी, अवसर र जोखिम बारे सोच्न विश्लेषण गर्न सक्नुपर्छ । अभिभावकले पनि भावना होइन, तथ्यमा आधारित निर्णय गर्न विद्यार्थीलाई साथ दिनुपर्छ ।
४. देशमै बसेर सफल भएका युवाहरूका प्रेरणादायी कथाहरू सार्वजनिक गरिनुपर्छ जसले देशमै रहेर पनि अन्तर्राष्ट्रिय स्तरमा योगदान गर्न सकिने पाठ सिकाउछ ।
विदेशमा अध्ययन गर्नु वा अवसर खोज्नु कुनै अपराध होइन । तर सोचविनै सबैको साझा बाटो ९mष्नचबतष्यल दथ मभाबगति० बन्नु भने गम्भीर चुनौती हो । देशमै अवसर छन् सर्त यत्ति हो, हामीले देशप्रति विश्वास गर्न, प्रयास गर्न, र सम्भावना सिर्जना गर्न तयार हुनुपर्छ । विदेश जाने सपना होस्, तर देश फर्केर केही गरौं भन्ने प्रतिबद्धता पनि त्यो सपनासँगै जीवित रहोस् ।
अभिभावकको भूमिका
कक्षा १२ पछि विद्यार्थीको करियर, अध्ययन वा विदेश जाने निर्णयमा अभिभावकले महत्वपूर्ण भूमिका खेल्छन् । तर अबको समय निर्देशन दिने होइन, बुझ्ने र साथ दिने अभिभावक बन्ने हो । सन्तानको रुचि, सपना र क्षमतालाई सम्मान गर्दै, जानकारीमूलक छलफलमा आधारित निर्णय प्रक्रियामा अभिभावकले मार्गदर्शकको रूपमा काम गर्नुपर्छ । विदेश जानु विकल्प हो, लक्ष्य होइन भन्ने सोच विकास गर्न जरुरी छ । अभिभावकले सन्तानलाई आत्मनिर्भर, आत्मविश्वासी र जिम्मेवार बनाउने वातावरण तयार पार्नुपर्छ । संवाद, समझदारी र सहकार्यमा आधारित भूमिका नै आजको समयको आवश्यकता हो।
निष्कर्ष :
कक्षा १२ को नतिजा केवल एउटा शैक्षिक चरणको अन्त्य मात्र होइनस यो जीवनको नयाँ यात्रा आरम्भ हुने महत्वपूर्ण मोड पनि हो। यस मोडमा विद्यार्थीले गर्ने निर्णयहरूले न केवल उनीहरूको व्यक्तिगत भविष्य निर्धारण गर्छ, बरु समाजको संरचना, राष्ट्रको मानव संसाधनको गुणस्तर, र दीर्घकालीन समृद्धिमा समेत गहिरो प्रभाव पार्दछ । यस संक्रमणकालमा विद्यार्थीहरू विभिन्न विकल्पहरूमाझ उभिएका हुन्छन् कुन विषय पढ्नेरु कुन कलेज रोज्नेरु देशमै रहने कि विदेश जानेरु यी प्रश्नहरूको उत्तर सजिलो छैन । यथोचित मार्गदर्शन बिना लिइएका निर्णयहरूले भविष्यमा पछुतोको कारण बन्न सक्छन् ।
यस्तो संवेदनशील समयमा, अभिभावकले बालबालिकाको रुचि, क्षमता र सपना बुझ्न प्रयास गर्नुपर्छ । शिक्षकले विद्यार्थीसँग खुलेर संवाद गर्दै मार्गदर्शन प्रदान गर्नुपर्छ । कलेजहरूले अवसरहरूको जानकारी, परामर्श र सहयोग उपलब्ध गराउनु पर्दछ । साथै, राज्यले नीति, पूर्वाधार र वातावरणमार्फत युवा पुस्तालाई आशावादी र जिम्मेवार बनाउने खालको व्यवस्था सुनिश्चित गर्नुपर्छ ।
जब सम्पूर्ण प्रणाली मिलेर काम गर्छ तब मात्र हामीले हाम्रो युवालाई सही दिशा दिन सक्छौँ । यसैगरी उनीहरू जहाँ भए पनि देशभित्र वा बाहिर आफ्नो मूल्य, स्वाभिमान र पहिचान जोगाउँदै, सपनाको पछि लाग्न सक्छन् र सफल, जिम्मेवार तथा योगदानकारी नागरिक बन्न सक्छन् ।
(बराल गण्डकी बोर्डिङ स्कूल र गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स पोखराका पूर्व प्राचार्य हुन्।)









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया