नातेदारलाई बलात्कार र बालिकामाथि यौन दुर्व्यवहार गरी भिडियो बनाउने व्यक्ति पक्राउ

पोखरा । आफ्नै नातेदारलाई बलात्कार र अर्की एक बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएर राखेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री (सिएसएएम) सहितको मोबाइलसहित नियन्त्रणमा लिएको हो ।
नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसिएमइसी) बाट विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री राखिएकोबारे साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा ब्यूरोले अनुसन्धान गर्दै जाँदा कास्कीका एक व्यक्तिले आफ्नै हाडनाताकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको तथा अर्की एक बालिकालाई समेत बाल यौन दुर्व्यवहार गरी त्यसको समेत भिडियो आफ्नो डिजिटल प्लेटफर्ममा राखेको खुलेको थियो । त्यसपछि ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कास्कीको संयुक्त टोलीले आरोपीलाई पोखराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतका तीनवटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीले पीडित र आरोपी दुवैको पहिचान गोप्य राखेको छ ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया