चीन भ्रमणबारे मुख्यमन्त्रीद्वारा सदनमा जानकारी
कोरला नाका सञ्चालन गर्न चीनसमक्ष प्रस्ताव गरेको मुख्यमन्त्रीको भनाइ

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो चीन भ्रमणबारे प्रदेश सभालाई जानकारी गराएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा उनले साउन ६ देखि १२ गतेसम्म भएको तिब्बत भ्रमणका क्रममा कोरला नाका सञ्चालन लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको बताए ।
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी एक साता लामो भ्रमणमा चीन गएका थिए । भ्रमणका क्रममा उनले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव वाङ झोङजुनसँग भेटवार्ता गरेका थिए ।
भेटमा मुख्यमन्त्री पाण्डेले दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोरला नाका नियमित सञ्चालन गर्न, तिब्बतको बाटो हुँदै मानसरोवर यात्रालाई सहज बनाउन र चीनका सहरबाट पोखरामा सीधा उडान थप्न आग्रह गरेको उनले सदनमा जानकारी गराए । उनले गण्डकीमा चिनियाँ लगानी आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने तथा पोखराबाट ल्हासा जाने पर्यटकका लागि भिसा र प्रवेश पासमा सहजीकरण गर्न पनि प्रस्ताव राखेको सदनलाई जानकारी दिए ।
आफ्नो प्रस्तावमा तिब्बत सरकारले सकारात्मक प्रतिक्रिया दिएको मुख्यमन्त्री पाण्डेले बताए । चिनियाँ पक्षको भनाइ उद्धृत गर्दै उनले भने, ‘कोरला नाकालाई व्यवस्थित गर्ने गण्डकी सरकारको प्रयासबारे आफू जानकार रहेको र यो सहकार्यको राम्रो अवसर हुन सक्ने महासचिव वाङले बताए ।’ वाङले पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्न तिब्बत सरकार सकारात्मक रहेको उल्लेख गर्दै सन् २०२३ को नोभेम्बरमा आफूले गरेको गण्डकी प्रदेश भ्रमणको स्मरणसमेत गरेका थिए ।







म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया