आर्चरीका पदक विजेतालाई सम्मान

समाधान संवाददाता २०७६ पुष ६ गते १२:३४

समाधान संवाददाता, पाेखरा

अन्नपूर्ण आर्चरी क्लब र कास्की जिल्ला आर्चरी संघले सागमा आर्चरीतर्फका विजेतालाई सम्मान गरेका छन् । कम्पाउन्ड मिक्स टिम इभेन्टमा कास्य पदक जित्ने योगेन्द्र शेचरन, मोनिका रानामगर र रश्मि दर्लामी मगरलाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्ट, राखेप सदस्य राजेश गुरुङ, आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकाली लगायतले खादा लगाएर सम्मान गरे । दक्षिण एसियाली खेलकुदमा नेपालले आर्चरीबाट १ कास्य पदक र १रजत पदक जितेको थियो ।

Advertisement

त्यस अवसरमा गण्डकी प्रदेशका सांसद विष्टले साग गेममा सयमै खेल सामग्री उपलब्ध नहुँदा सोचे अनुसारको नतिजा प्राप्त गर्न नसकेको बताए । ‘केही हप्ताअघि आएको भए खेलाडीले राम्रो नतिजा निकाल्थे समयमै सामग्री नआउँदा सोचे जस्तो भएन,’ उनले भने, ‘आगामी दिनमा कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्दा सफलता प्राप्न हुने थियो ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले आर्चरीले सोचे जस्तो पदक जित्न नसकेको बताए । कार्यक्रममा कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष वसन्त गौचनले समयमै खेल सामग्री नआएका कारण खेलाडीले सोचे अनुरुप सफलता प्राप्त नगरेको सुनाए । कार्यक्रम अन्नपूर्ण आर्चरी संघका अध्यक्ष किशोरकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया