सम्पादकीय—औपचारिकतामा सीमित सूचनाको हक

सार्वजनिक निकायले सम्पादन गरेका गतिविधिमा आम नागरिकको सूचनाको हक स्थापित हुनु पर्छ । सूचना माग्ने र पाउने नागरिकको अधिकार हो । नागरिकलाई सूचना प्रदान गर्नु सार्वजनिक निकायको कर्तव्य हो । नेपालको संविधान तथा ऐन कानुनले नागरिकका सूचना पाउने अधिकारलाई सुनिश्चित गरेको छ । सार्वजनिक निकायहरुको पारदर्शी तथा उत्तरदायी क्रियाकलाप लोकतन्त्रको महत्वपूर्ण आधार स्तम्भ हो । ती निकायले सम्पादन गरेका हरेक काममा नागरिकको पहँुच पुग्नु पर्छ ।
संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ले नेपाली नागरिकको सूचनाको हक संरक्षण, सम्बद्र्वन र प्रचलन गर्नको लागि राष्ट्रिय सूचना आयोगको व्यवस्था गरेको छ । सूचना नागरिकको नैसर्गिक अधिकार हो, खुला, पारदर्शी र जवाफदेहि समाजका लागि सुचनाको हक कार्यन्वयन अनिवार्य सर्त हो ।
सूचनाको अधिकार स्थापित भएर सार्वजनिक सरोकारको महत्वपूर्ण विषयहरु नागरिकले थाहा पाउनु पर्छ । सरकारका निकायले सम्पादन गर्ने सबै काम जनताको नासो हो ।
ति सबै सवाल जनताले जस्ताको तस्तै थाहा पाउनु पर्छ । तर व्यवहारमा संविधान र कानुन अनुसार सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने अधिकार सुनिश्चित हुन सकेको छैन । नागरिकको सूचनाको हकलाई स्थापित गराउने तथा राज्यका निकायलाई आम नागरिक प्रति जिम्मेवार र जवाफदेही बनाउने बारेमा सरकारको ठोस योजना आउन सकेको छैन । सूचनाको अधिकार कार्यान्वयनको चुनौती छ । सूचनाको अधिकार औपचारिकतामा सिमित छ ।
सूचनाको हकको प्रभावकारी रुपमा कार्यान्वन भए लोकतन्त्र बलियोे हुन्छ । सार्वजनिक निकायहरूले सम्पादन गर्ने कामलाई उत्तरदायी, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यता अनुरुपको बनाउन नागरिकको सूचनामा पहुँच अपरिहार्य छ । सूचनाको हकले अनियमितता र गलत कार्यलाई सतर्क गराउन, सार्वजनिक निकायमा निष्पक्षता र समानता कायम गराउन, सुशासनलाई व्यावहारमा उतार्न सहयोग पुग्छ ।
राज्यले गर्ने सेवा प्रवाहमा जनताको जति बढी पहँच स्थापित हुन्छ त्यतिनै सुशासन प्रवद्र्वन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्छ । खुल्ला समाज तथा लोकतान्त्रिक व्यवस्थामा नागरिकको सूचनाको हक सुनिश्चित हुनु पर्छ । सूचनाको हक कार्यान्वयनको सवालमा राज्यका निकायहरु उदासिन छन् । सूचनाको हकको बारेमा जनस्तरमा जागरुकता आउन सकेको छैन । खुल्ला समाज तथा लोकतान्त्रिक व्यवस्थामा समेत राज्यका निकायहरु अझैपनि परम्परागत ढंगले चलेका छन् । अझै पनि केही निकाय सूचना आम नागरिकलाई सरल र सहज रुपले दिने भन्दा सूचना लुकाउन खप्पिस देखिन्छन् ।
जसले नागरिकको सहज र सरल रुपमा सार्वजनिक सरोकारको सूचना पाउने अधिकार कुण्ठित भएको छ । त्यसैले सूचनाको हक सम्बन्धी ऐनलाई राज्यका निकायले कार्यान्वयन गर्नु पर्छ । राज्यका निकायले नागरिकलाई जागरुक बनाउनेदेखि ऐनको प्रभावकारी कार्यान्वयनको लागि सयन्त्र निर्माणमा ध्यान पुर्याउनु पर्छ । राज्यका निकायले सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन पर्छ । आफ्नो काम कारवाहीलाई खुल्ला तथा पारदर्शी बनाउनका लागि सार्वजनिक निकायको दायित्वबाट बिमुख हुन हुदैन ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया