पोखरामा बेस्ट डेस्टिनेसन एजुकेसनल प्रालिको शाखा

पोखरा ।
बेस्ट डेस्टिनेसन एजुकेसनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ देखि चितवनमा सञ्चालन हुँदै आएको शिक्षा परामर्श संस्था बेस्टले भदौ ११ गतेदेखि पोखरामा शाखा विस्तार गर्न लागेको हो ।
विद्यार्थीलाई विदेश अध्ययनका लागि मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखराको सिद्धार्थचोकमा शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए । ‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो नयाँ शाखाले यस खालको अभावलाई पूरा गर्दै विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग पु¥याउनेछ,’ उनले भने ।
प्रालिले शाखा विस्तारको अवसरमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसमा जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, आयल्स पिटिइ तयारीका कक्षामा २० जनालाई निशुल्क कक्षा सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए ।
प्रालिले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्ति तथा अवसर र अनलाइन काउन्सेलिङ प्लेटफर्म विस्तार गरेर ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया